चोरहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अभियोगमा उत्तर प्रदेशको फिरोजाबादमा चार प्रहरी पक्राउ परेका छन् । फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता गलत हर्कतले समाजमा निकै गलत सन्देश जाने बताए ।‘यस्ता प्रहरीलाई कडा कारबाहीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी माफियासँग घुस लिएको आरोपमा चारजना पुलिसकर्मीलाई निलम्बित गरेका थियौं र उनीहरुविरुद्ध मुद्दा पनि चलाएका थियौं ।’के भएको थियो ? १५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोब