प्रहरी महानिरीक्षक सिंहबाट प्रहरी तालिम केन्द्र तथा प्रहरी अस्पताल निरीक्षण

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक