भारतीय सिनेमा उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । वैशाख १(अप्रिल १४) मा रिलिज भएको फिल्मले सातौं दिन २५० करोड भारुको नाघ्ने पक्कापक्की जस्तो देखिएको फिल्म व्यापार विश्लेषकले बताएका छन् । यदि बुधबार दिनभरमा केजीएफ–२ को कमाइ २५० करोड भारु नाघ्यो भने यो फिल्म भारतीय फिल्म उद्योगमा सबैभन्दा छोटो अवधिमा त्यति रकम कमाइ गर्ने पहिलो फिल्म हुने समाचारमा जनाइएको छ ।यसअघि नै फिल्मले भारतीय फिल्महरुमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) २०० करोड भारु कमाइ गर्न