नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको नाडा अटो शो भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ । सोमबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अटो शोको आयोजना गर्ने निर्णय गरेको हो । उक्त अटो शो १५ औं संस्करणको शो हो । प्रत्येक वर्ष दशैं तिहारलाई लक्षित गर्दै अटो शो गर्दै आएको नाडाले यसअघि यस्तै १४ वटा शो गरिसकेको छ । यद्यपि अघिल्ला दुई वर्ष भने कोभिड-१९ को महामारीका कारण अटो शो आयोजना हुन पाएन । तीन वर्ष