‘नाडा अटो शो–२०२२’ का लागि स्टल बाँडफाँड

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आगामी ७ भदौदेखि १२ भदौसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्दैछ । जसका लागि कम्पनीले गतहप्ता स्टल बुकिङ खुल्ला गरेको थियो । चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसकेको कम्पनीले जनाएको छ । २ असारमा गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको […]

सम्बन्धित सामग्री

‘नाडा अटो शो २०२३’ मंगलवारबाट शुरु

काठमाडौं ।  नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा)द्वारा आयोजित १५औं संस्करणको ‘नाडा अटो शो २०२३’ मंगलवारबाट शुरू भएको छ । शोको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।  अर्थमन्त्री डा. महतले अर्थतन्त्रको विभिन्न क्षेत्रहरूमा क्रमिकरूपमा सुधार आएसँगै गाडीको व्यापारमा पनि सुधार हुने बताए । ‘आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधारहरू देखिन थालेको छ । विदेशी विनिमय सञ्चितिका साथै विदेशी पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन् । त्यसैले अब गाडीको व्यापार पनि बढ्छ ।‘ उनले नाडा अब डिलर एशोसियशनभन्दा पनि उत्पादन एशोसियशन बन्नु पर्ने बताए । ‘एसेम्ब्लिङ शुरू गर्नेलाई सरकारले सहुलियत दिन्छ । नेपालमा मोटरसाइकलको एसेम्ब्लिङ शुरू भएकाले गाडीको पनि एसेम्ब्लिङ शुरू गर्नु पर्छ,’ उनले भने ।  नाडाका अध्यक्ष ध्रुव थापाले चाडवाडलाई मध्यनजर गर्दै आयोजना हुँदै आएको शोमा वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुने भएकाले ६ दिनको शोमा करीब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको बताए । अटो क्षेत्र विभिन्न नीतिहरुका कारण प्रभावित हुँदै आएकाले अटो क्षेत्रमैत्री नीतिहरूको समेत खाँचो रहेको छ, उनले भने ।   काठमाडौंमा ६ दिनसम्म आयोजना हुने प्रर्दशनीमा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनी छ । आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करीब १२० ओटा स्टल र ब्लकहरू छन् ।  प्रदर्शनीमा प्रख्यात अन्तरराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको छ ।  प्रदर्शनीमा १६ ओटा ब्राण्डका चार पांग्रे, २२ ओटा ब्राण्डका दुई पांग्रे, ७ ओटा ब्राण्डका लाइट कमर्शियल मेडिकल, ९ ओटा वित्तीय संस्था तथा ३० ओटा लुब्रिकेन्ट, टायर, व्याटरी, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन मिडियाको लागि छुट्टै स्टल र ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सूचना-कक्ष समेत प्रदर्शनीमा राखिएको छ । ‘नाडा अटो सो २०२३’ लाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजित गरेको छ । शोको सहप्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड छ । प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा बलिङ, फायर सेफ्टी सपोर्टमा हिटकी प्रा.लि.एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

४ वर्षपछि 'नाडा अटो शो' हुँदै, झन्डै २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान

काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो । गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् व...

‘नाडा अटो शो २०२३’को मुख्य आकर्षण बन्न सक्ने ३ साना एसयूभी

काठमाडौं । आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ को स्टल बुकिङ अहिले खुलिरहेको छ । अहिलेसम्म कुन कुन कम्पनीले अटो शोमा भाग लिन्छन्, त्यसको एकिन जानकारी भने आएको छैन । सन् २०१९ पछि पहिलो पटक आयोजान हुन लागेको नाडा अटो शो २०२३ मा करिब दुई दर्जन ब्राण्डले सहभागिता जनाउने अनुमान सुरु […]

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

नाडा अटो शो भदौमा हुने, स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटो शो २०२३ भदौमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गर्ने शोको स्टल बुकिङ खुला गरिएको छ । नाडा अटो शो २०२३ भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुने भएको हो । कोरोनाको कारणले सन् २०२० र २०२१ मा नाडा अटो शो भएको थिएन । सन् २०२२ […]

‘नाडा अटो शो २०२३’को स्टल बुकिङ शुक्रबारबाट

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो २०२३’को लागि स्टल बुकिङ आगामी शुक्रबारबाट खुल्ने भएको छ । यस वर्षको अटो शो आगामी भदौ २६ गतेदेखि असोज २ गतेसम्म संचालन गर्ने विषयमा नाडाले यसअघि नै निर्णय गरिसकेको कारण अब भने बुकिङ खुल्ला गर्न लागेको हो । ग्लोबल एक्सपोजिसन नेपाल (जेम्स नेपाल) […]

नाडा अटो शो २०२२ को स्टल बुकिङ खुला

काठमाडौं, ५ असार (कास): नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले ७ देखि १२ भदौमा आयोजना गर्ने नाडा अटो शो २०२२का लागि खुला गरेको स्टल बुकिङका लागि उल्लेख्य सहभागिता रहेको जनाएको छ ।चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीको दर्ता भई सकेको बताइएको छ । २ जेठमा गरिएको गोला प्रथा अन्तर्गत सबै […]

नाडा अटो शोका लागि स्टल बाँडफाँड

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले भाद्र ७ देखि १२ गते सम्म आयोजना गर्ने “नाडा अटो शो २०२२” को गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागितारहेको आयोजकले जानकारी गराएको छ । ४ दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा २ दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको थियो ।बिहिबार असार २ गते गरिएको गोलाप्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँड गरिएको छ ।विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ । कोभिड महामारीका कारण २ वर्षपछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटोव्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको छ ।नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ । अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ््याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसंगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि सभापति बरालको भनाई रहेको छ ।

‘नाडा अटो शो’ भदौ ७ देखि १२ सम्म, गोलाप्रथाबाट स्टल उपलब्ध गराईने

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो यस वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाईने भएको छ । नाडा अटो शोका लागि ठाउँ साँघुरो भएकाले गोला प्रथामार्फत स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, बैंक तथा वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याईएको छ ।अटो शोमा यसवर्ष व्यवसायिक सवारी साधनलाई पनि समावेश गराईनेछ ।

राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु

काठमाडौं । राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु भएको छ । अटो शोको उद्घाटन यातायातमन्त्री बीरबहादुर बलायरले गरेका छन् । १२औं संस्करण नाडा अटो शो भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये १६ ब्रान्डका कार , १९ ब्रान्डका बाइक र ६ वटा ब्रान्डका हेभी कमर्सियल सवारी साधन रहेका छन् ।