काठमाडौं । वृहत अटो मेला ‘नाडा अटो शो २०२२’ आगामी माघ ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ ।कोभिड–१९ का कारण दुई वर्ष रोकिन पुगेको अटो शोलाई यस वर्ष माघमा गर्ने गरि नाडाले नयाँ मिति तोकेको हो । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष दसैं तिहारको अवसरमा भदौ–असोजमा अटो शो को आयोजना गर्दै आएको छ । तर, गएको दुई वर्ष भने कोभिडकै कारण अटो शो हुन सकेन ।यस वर्षका लागि नाडाले पहिलो पटक भदौ २६ गते अटो शोको मिति तोकेको थियो । तर स