काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो ।
गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् व...