लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले दाङका वाइसिएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गरेकी छन् । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उनको भनाइ छ ।उनले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताइन् । पार्टीका नेताहरूलाई पनि पटकपटक फोन गरेर यस विषयमा जानकारी गराउँदा पार्टीले समेत बेवास्ता ग