मधेश सरकारमा एक राज्यमन्त्री थपिए

मधेश सरकारले एक राज्यमन्त्री नियुक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका थिए । एकीकृत समाजवादीले मन्त्रिपरिषदमा एक राज्यमन्त्री थपिएसँगै दुई मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।गत मंसिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण

सम्बन्धित सामग्री

मधेश सरकारमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री, आजै लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज फेरि सरकार पुनर्गठन गरेका छन् । मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्र, नेकपा एस र नेकपाका मन्त्री थपेका हुन् । पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर माओवादीले उनको ठाउँमा युवराज भट्टराईलाई मन्त्री बनाएको छ । यस्तै माओवादी संसदीय दलका नेता भरत साह पनि मन्त्री नियुक्त भएका छन् […]

मधेश सरकारमा मन्त्री हेरफेर गर्दै जनमत

मधेश प्रदेश सरकारमा जनमत पार्टीले आफ्ना बिनाविभागीय मन्त्रीलाई फिर्ता बोलाएर अर्को मन्त्री पठाउने भएको छ । बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवलाई पार्टीले राजीनामा गर्न लगाएर पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।

मधेश सरकारमा रौतहटबाट चार मन्त्री

रौतहट । मधेश प्रदेश सरकारमा रौतहटबाट चारजना मन्त्री भएका छन् । प्रदेश सरकारको दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै रौतहटले दुई मन्त्री र दुई राज्यमन्त्री पाएको हो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित गठन गरेका हुन् । रौतहटबाट जनमत पार्टीका वसन्त कुशवाह कृषिमन्त्री र नेकपा एमालेका मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका शेख अब्दुल कलाम सामाजिक विकास राज्यमन्त्री र नेकपा एमालेका (पहिले स्वतन्त्र) केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्री बनेका हुन्  । यसअघिको प्रदेश सरकारमा रौतहटले एक राज्यमन्त्री मात्र पाएको थियो । प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री हुनुले यहाँको विकासमा थप सहयोग पुग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालय मन्त्रीविहीन छ । मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैसँग राखेर अन्य मन्त्रालयलाई पूर्णता दिएका हुन्, जसअनुसार ९ जना मन्त्री बनेका र तीनजना राज्यमन्त्री छन् ।

मधेश सरकारमा माओवादी पनि सहभागी हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारमा तत्काल एउटै मन्त्रालय लिएर नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । माओवादीलाई तत्काल उद्योग, पर्यटन तथा वन मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ । माओवादीले सांसद सुनिता यादवलाई मन्त्री र मो रहवर अन्सारीलाई राज्यमन्त्री बनाउन लागेको हो । मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रीमा यादव र राज्यमन्त्रीमा अन्सारीलाई […]

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

२० मधेस, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर मन्त्रालय भागवण्डाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । सरकार गठन भएको झण्डै …

पूर्वराज्यमन्त्री डिम्पलको निधन

पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा आइतबार राति काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिए । डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल  लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् । 'लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

जनकपुरधाम– मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् । एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा ५ मंसिरमा सहभागि नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् । मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका […]

मधेश प्रदेशमा राज्यमन्त्रीले शपथ लिए

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्र राय यादवलाई राज्यमन्त्रीको शपथ गराएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री नियुक्त यादवलाई शपथ गराएका हुन्। प्रदेश सभा सदस्य यादव नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आइतबार सरकारमा सहभागी भएका हुन्। राज्यमन्त्री बनेका यादव राैतहटका बासिन्दा हुन्।यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्

सरकारमा जसपाबाट कथित ‘उच्च जात’का

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी बढी मधेश केन्द्रित पार्टी हो । उसले मधेशको सीमान्तकृत समुदायको मुद्दालाई जोडतोडले उठाइआएको छ । तर, मधेशबाट सरकारमा जाँदा मधेशको कथित उच्च जातकाहरु नै जाने गरेका छन् । जसपाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ मन्त्री र २ राज्यमन्त्री पाएको छ । मन्त्री बनाइएकामा ८ पुरुष र […]