उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक नियुक्त

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्। श्रेष्ठ महासंघको तर्फबाट बोर्डको सञ्चालकमा नियुक्त भएका हुन्। यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए। ढकालले राजीनामा दिएपछि महासंघले श्रेष्ठलाई बोर्डको सञ्चालक सदस्यमा पठाएको हो। नवनियुक्त सञ्चालक श्रेष्ठले कात्र्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभारसमेत सम्हालिसकेका […]

सम्बन्धित सामग्री

जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउँछौं :वरिष्ठ उपाध्यक्ष प्रत्याशी अन्जन

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को भाेलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ।...

चुनावमय बन्यो उद्योग वाणिज्य महासंघ, तीनओटा प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं । मुलुकका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल बढेको छ । यही चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाबाट निर्वाचित हुने ६४ पदका लागि ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिका अनुसार एक वरिष्ठ उपाध्यक्षका लागि तीन जना, तीन उपाध्यक्षका लागि आठजना र ६० सदस्यका लागि १०८ जनाको उम्मेदवारी परेको छ । महासंघको चुनावमा सबैभन्दा बढी चासोका साथ हेरिएको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति आकर्षण बढेको देखिन्छ । महासंघको इतिहासमा तीनओटा चुनावी प्यानल बनेको यो पहिलो पटक हो । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका तीनैजनाले आआफ्नो प्यानल बनाएका छन् । त्यसैले आगामी निर्वाचनमा तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघईले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उम्मेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य उम्मेदवार रहेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको प्रावधानअनुसार साधारणसभासम्म वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल रहनेछ । साधारणसभापछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन व्यवस्था रहेको छ, जसअनुसार महासंघको अबको अध्यक्ष चन्द्र ढकाल हुनेछन् । यी दुवै जना हालसम्म पनि कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन् । सोहीकारण पनि महासंघको निर्वाचनप्रति चासो बढेको छ ।

उद्योग वाणिज्य महासंघ निर्वाचन : यस्तो बन्यो चुनावी समीकरण

२२ चैत, काठमाडौं । सरकार पछि देशभर सबभन्दा ठूलो सञ्जाल रहेको व्यावसायिक प्रतिष्ठान नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही २९ चैतमा हुँदैछ । विधानतः हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतमा स्वतः महासंघको अध्यक्ष बन्नेछन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्ष र कार्यसमितिमा महत्वपूर्ण अन्य भूमिकाका लागि हुने निर्वाचनको मिति नजिकिएसँगै पेचिलो रस्साकस्सी […]

महासंघका वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले सार्वजनिक गरे वाचापत्र

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिक रूपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ ।

उद्योग वाणिज्य महासंघको पहलमा पर्यटन सूचना केन्द्र स्थापना

पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् […]

‘नेतृत्व चयन प्रणाली’मा रुमलिएको उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेतृत्व छान्ने प्रणाली कस्तो बनाउने भनेर विवादमा अलमलिएको छ । ६ वर्ष अघि  जस्तै प्रत्यक्ष निर्वाचनमार्फत् अध्यक्ष चुन्ने वा हालको व्यवस्थाअनुसार नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भन्ने आन्तरिक विवादमा महासंघ अलमलिएको हो ।हाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित पदाधिकारी कार्यकाल सकिएपछि स्वतः महासंघको अध्यक्ष बन्छ । यो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेपछि स्वतः महासंघको भावी नेतृत्वको रूपम

उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच छलफल

काठमाडौँ– राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलसँगको छलफल शुरु गरेको छ । सोही क्रममा आज महासङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छलफल गरेको हो । छलफलमा महासङ्घका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशमसेर जबरा र डा प्रकाशचन्द्र लोहनी, महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद […]

पर्यटनमा पूर्वाधार

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ काेभिड– १९ का कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । कोभिडले पुर्‍याएको असरका विषयमा विश्वका विभिन्न संस्थाले प्रक्षेपण पनि गरिरहेका छन् । जोखिमपूर्ण व्यवसाय...