चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
काेभिड– १९ का कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । कोभिडले पुर्याएको असरका विषयमा विश्वका विभिन्न संस्थाले प्रक्षेपण पनि गरिरहेका छन् । जोखिमपूर्ण व्यवसाय...
नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको मुलुकमा चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मीटरभन्दा अग्ला १४ मध्ये ८ हिमालय नेपालमै छन् । धार्मिक, सांस्कृतिक विशेषता झल्कने थुप्रै मौलिक परम्परा छन् । तर, विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा गर्दा नेपालको एउटै परेन । किन यसो भयो ? नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने भनेर नेपाल पर्यटन बोर्ड स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । त्यति मात्र नभई हरेक प्रदेशमा पनि पर्यटनको विकास र विस्तारमा काम गर्ने मन्त्रालय स्थापना गरिएका छन् । हरेक स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको बताउने गर्छन् । यतिधेरै सरकारले काम गरेको पर्यटनको अवस्था पक्कै पनि राम्रो हुनुपर्छ । तर, विश्वका उत्कृष्ट गाउँको सूचीमा नेपालको एउटै पर्न नसकेपछि अनेक आशंका उब्जाएको छ । यदि उत्कृष्ट गाउँमा पर्न सकेको भए पर्यटन क्षेत्रको विकासमा योगदान पुग्न सक्थ्यो । यसो नहुनु भनेको सरकारले काम गरेन भन्ने हो, नेपालको पर्यटनमा मौलिकताको कमी छ र सृजनात्मकता कम छ भन्ने हो । पर्यटनको विकासका लागि जसरी आन्तरिक रूपमा काम गर्न आवश्यक छ, त्यसैगरी अन्तरराष्ट्रिय मञ्चको पनि प्रयोग गर्नुपर्छ । उत्कृष्ट गाउँका लागि नेपालले तयारी गरेको भए र त्यसअनुसार काम गरेको भए नेपालको कुनै न कुनै गाउँ उक्त सूचीमा पर्न सक्थ्योे । परेनन् भने पनि प्रतिस्पर्धामा आउँदासमेत पर्यटन क्षेत्रको प्रचारप्रसारमा योगदान पुग्थ्यो । अहिलेको जस्तो कार्यालय कुरेर वा अनावश्यक कुरा मात्र गरेर पर्यटनको विकास हुन नसक्ने भएकाले कार्यशैली सुधार गरी नतीजा निकाल्नतर्फ लाग्नुपर्छ । अक्टोबरमा १ लाख १७ हजार पर्यटन भित्रिए भनेर बस्ने छूट अब हुनु हुँदैन । के नेपालको सम्भावना त्यति संख्यामा मात्रै पर्यटक भित्त्याउने हो त ? नेपालभन्दा कमजोर देशमा यो भन्दा ठूलो संख्यामा पर्यटक भित्रिरहेका छन् । तर नेपालमा किन यस्तो भइरहेको छ ? यतातर्फ ध्यान दिएर कमजोरी सुधार गर्न आवश्यक छ ।
उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो ।
नेपाल गाउँले भरिएको देश हो । मौलिक संस्कृति र रहनसहन पनि छ । मुस्ताङको गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा परे पनि यूएनडब्ल्यूटीओको सूचीमा भने पर्न सकेन । ग्रामीण पर्यटनका लागि नेपालका गाउँहरू थुप्रै छन् । ग्रामीण पर्यटन बढाउनकै लागि भिलेज टुरिजम प्रमोशन फोरम नेपाल (भीटोफ) को स्थापना गरिएको छ । यसले उत्कृष्ट ग्रामीण पर्यटन क्षेत्र भनेर गाउँहरू छान्ने गरेको पनि छ । तर, सम्भावना भएर पनि नेपाल उत्कृष्ट ग्रामीण पर्यटनमा छानिएन । खासमा यूएनडब्ल्यूटीओेले छान्न यस्तो ग्रामीण पर्यटनमा सूचीमा पर्न दरखास्त दिनुपर्ने हुन्छ । यसरी उत्कृष्ट गाउँ छान्न थालेको ३ वर्ष भयो । यस वर्ष २६० ओटा आवेदन परेका थिए जसमध्ये ५४ ओटा गाउँ छानिए । त्यस्तै २० वर्ष गाउँ स्तरीकरणका लागि छानिएका छन् । ७४ ओटा गाउँ यूएनडब्ल्यूटीओ बेस्ट टुरिजम भिलेज नेटवर्कमा परेका छन् । उत्कृष्ट गाउँमा पर्ने आधार नौओटा छन् । सांस्कृतिक र प्राकृतिक स्रोत, संस्कृतिको प्रवर्द्धन र संरक्षण, आर्थिक दिगोपन, सामाजिक दिगोपन, वातावरणीय दिगोपन, पर्यटन विकास र मूल्य शृंखलामा समायोजन, पर्यटनमा प्राथमिकीकरण र सुशासन, पूर्वाधार र कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षाजस्ता पक्षको मूल्यांकन गरी उत्कृष्ट पर्यटन गाउँ चयन गरिन्छ । तर, यसमा नेपालले भाग लिएको समेत जानकारीमा आएको छैन । भीटोफ नेपालले यसमा ध्यान नदिएको हो कि आवेदन दिएर पनि जानकारी नदिएको
हो ? स्पष्ट छैन । यसरी उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो । वार्षिक यति लाख पर्यटक भित्त्याउने, भ्रमण वर्ष वा दशक मनाउने जस्ता कुरामा हल्लाखल्ला भए पनि पर्यटनमा मौलिकता दिन र त्यसका लागि दाबी गर्न पाउने अवसर गुमिरहेको छ । यसले नेपालको पर्यटन अद्वितीय छ भन्ने विषयलाई ओझेलमा पारेको छ । निकट छिमेकी चीनका तीन गाउँ र भारतको एक गाउँ यो सूचीमा छनोट हुँदा नेपालको उपस्थितिसमेत नहुनु भनेको लाजको विषय हो । पर्यटनमा नेपाल कति योजनारहित ढंगले अघि बढेको रहेछ भन्ने कुराको उदाहरण पनि हो ।
काठमाडौं, ३० असोज।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना भएको बताएका छन। गैरआवासीय नेपाल संघ (एनआरएनए)को चुनावी अधिवेशनमा बोल्दै उनले शिक्षा,स्वास्थ्य,पूर्वाधार,प्रविधि,ऊर्जा र पर्यटनमा अपार सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन्।नेपालमा रहेको सम्भावनालाई उजागर गर्न स्वदेशी लगानीले मात्र नपुग्ने र विदेशी लगानी नै ल्याउनुपर्ने बताए।उनले भने,‘अन्तर्राष्ट्रिय जगतमा देशको छवि उँचो बनाउन पनि तपाईंहरुले ठूलो लगानी भित्र्याउन पहल गर्नुपर्छ।
नेपालको भौगोलिक बनावट, उपयुक्त हावापानी, सस्तो बसोवास आदि कारणले माइस पर्यटनका सम्भावना प्रशस्त भए पनि यसमा न पर्याप्त पहल भएको छ न त उपलब्धि नै प्राप्त भएको छ । मिटिङ, भेला, सभासम्मेलन, प्रोत्साहन र प्रदर्शनीजस्ता कार्यक्रमबाट पर्यटक ल्याउने प्रडक्ट माइस पर्यटन हो । नेपालले भ्रमण वर्ष २०११ मै यसलाई महत्त्व दिए पनि यसतर्फ खासै काम हुन सकेको छैन । नेपालका सबैजसो होटेलहरूले माइस पर्यटनका लागि सहयोग पुग्ने गरी सभाकक्षहरूको व्यवस्था गरेको पाइन्छ । तर, ठूलो परिमाणमा यस्तो सभासमारोह आयोजना गर्न भने नेपालमा आधुनिक हल छैनन् भन्दा हुन्छ । चीनले बनाइदिएको एकमात्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र सरकारले ओगटेर त्यसलाई संसद् भवन बनाएको छ । सम्मेलन भवन नहुँदा ठूला कार्यक्रम गर्न सक्ने अवस्था छैन । त्यसैले माइस पर्यटन भनेर मात्रै हुँदैन, त्यसअनुसार पूर्वाधार पनि तयार हुनुपर्छ ।
नेपाल न निकै जाडो हुने न निकै गर्मी हुने देश । त्यस्तै यहाँको टाइम जोन पनि विश्वका सबै देशका लागि अनुकूल नै देखिन्छ । त्यसैले यहाँ सभासमारोह गर्नु कुनै पनि अन्तरराष्ट्रिय संस्थाका लागि उपयुक्त देखिन्छ । तर, सरकारले माइस पर्यटनको महत्त्व बुझ्न सकेको छैन । त्यही भएर यसका लागि पहल पनि गरेको छैन । नेपालको कूटनीतिक क्षेत्रले सभासम्मेलनका लागि नेपाल उपयुक्त स्थल भएको सन्देश प्रवाहित गर्न सकेको भए माइस पर्यटन फस्टाउन सक्थ्यो । निजीक्षेत्रले पनि यो प्रडक्टका बारेमा जति गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । नेपाल पर्यटन बोर्डले पनि माइस पर्यटन प्रवर्द्धनका लागि कुनै कार्यक्रम गरेको छैन ।
यसरी हेर्दा नेपालमा माइस पर्यटनको महत्त्व नबुझेको हो कि भन्ने देखिन्छ । भारतीय कम्पनीहरूलाई नेपालमा यस्तो सम्मेलन गर्न आग्रह गर्ने हो भने त्यसले सकारात्मक प्रभाव पार्न सक्छ । नेपालमा भारतीय कम्पनीका एजेन्टहरू छन् । तिनले माउ कम्पनीलाई नेपालमा सम्मेलन वा मिटिङ राख्न प्रोत्साहन गर्न सक्छन् । कम्पनीकै कामका लागि काठमाडौं आएका व्यक्तिहरू नेपालका विभिन्न स्थानमा जान सक्छन् । त्यसैगरी नेपालमा सक्रिय लायन्स क्लब, रोटरी इन्टरनेशनलजस्ता थुप्रै संस्थाले तिनको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा गराउन पहल गर्ने हो भने सम्भव देखिन्छ । यसरी नेपालमा माइस पर्यटनको प्रशस्त सम्भावना भए पनि कसैको आँखा नपुगेको देखिन्छ । यसको प्रवर्द्धन भयो भने माइस पर्यटनबाट लाभ लिन सकिन्छ ।
बितेको एक दशकमा पर्यटन क्षेत्रले सन्तोषप्रद फड्को मारेको देखिएको छ । ठूला पर्यटन पूर्वाधार थपिएका छन् भने पर्यटकको संख्या झन्डै दोब्बरले नै बढेको छ । अन्य क्षेत्रमा जस्तै भूकम्प, नाकाबन्दी, कोभिड र...
नेपालमा आर्थिक विकासको चाहना निकै बढेको छ । राजनीतिक परिदृश्यसँग भन्दा आर्थिक विकास र अर्थतन्त्रसँग धेरैको चासो रहने गरेको छ । यद्यपि राजनीति र आर्थिक विकासको सम्बन्ध रहेको हुन्छ । नेपाल अपेक्षित रूपमा आर्थिक विकासको गतिमा अघि बढ्न नसक्नुमा राजनीतिलाई नै प्रमुख अवरोध मानिएको छ । अर्थतन्त्रका विविध आयाम हुन्छन् । देशको आर्थिक विकासका लागि सम्भावनाका विविध क्षेत्र रहेका छन् । तीमध्ये पर्यटन एक हो । नेपालको भौगोलिक संरचना नै एउटा महत्त्वपूर्ण पूर्वाधार मानिने भएको हुँदा त्यसमा सामान्य लगानी गरेर पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।
पर्यटक बढिरहेका छन्, तर त्यसको अनुपातमा तिनको खर्च र बसाइ बढ्न सकेको छैन । संख्या बढ्दा जस लिने र घट्दा दोष थोपर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । तर, सथ्यतथ्य पत्ता लगाएर सुधार गर्ने कुरामा भने ध्यान गएको छैन ।
कुनै पनि स्रोत चाहे मानवीय होस् वा प्राकृतिक, त्यसको सही परिचालन गर्न चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापन हो । नेपालमा उत्कृष्ट व्यवस्थापक नभएको वा भएका व्यवस्थापकले काम गर्न नपाएकाले नै सबैजसो काम लथालिङ्ग पाराको देखिन्छ । पर्यटनमा सही व्यवस्थापन भयो भने कत्तिको सफलता मिल्छ भन्ने कुरा भारतमा अमिताभ कान्तले इन्क्रिडिबल इन्डिया अभियानबाट पर्यटनको लहर ल्याएबाट स्पष्ट हुन्छ । त्यतिबेला होटेलको अकुपेन्सी दर १० देखि १५ प्रतिशत थियो । विश्वमा देखिएको अन्योलले गर्दा कतिपय देशले पर्यटनका गतिविधि नै रोकेको थिए । तर, यही संकटका बेलामा कान्तले यो अभियान चलाएर भारतीय पर्यटन क्षेत्रमा ठूला परिवर्तन ल्याए । अहिले भारतीय पर्यटन जति फस्टाएको छ त्यो यही जगको कारणले हो । कान्त तिनै व्यक्ति हुन् जसले अतिथि देवो भव, मेक इन इन्डिया, स्टार्ट अप इन्डिया र गड्स आउन क्रन्टीजस्ता अभियानको नेतृत्व लिएका छन् । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार २०२१ मा भारतको कुल जीडीपीमा पर्यटनको योगदान ५ दशमलव ८ प्रतिशत पुगेको थियो । २०३१ सम्ममा यो बढेर ७ प्रतिशत नाघ्ने अनुमान गरिएको छ । ट्राभल एन्ड टुरिजम कम्पिटिटिभनेस इन्डेक्समा १४० देशमध्ये भारत ३४औं स्थानमा रहेको छ । भारतमा प्रतिवर्ष ७ प्रतिशतभन्दा बढी दरले पर्यटक आगमनको संख्या बढिरहेको छ । यसरी भारतमा पर्यटन क्षेत्रले गति लिनुमा कान्तको योजना र नाराले काम गरेको देखिन्छ । तर, कान्तले इन्क्रिडिबल इन्डियाको नारा ल्याउनुअघि नै नेपालले भ्रमण वर्ष मनाए पनि पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्न सकेन । त्यसयताका भ्रमण वर्ष र अन्य कार्यक्रम प्रभावकारी नदेखिनुमा उच्च व्यवस्थापनको क्षमता नहुनु नै हो ।
पर्यटन विश्वको फस्टाउँदो धूवाँरहित उद्योग हो । गरीबी निवारणमा यसको महत्त्वपूर्ण योगदान रहन्छ । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनमा १० दशमलव ४ प्रतिशत र विश्वको कुल रोजगारीमा ९ दशमलव ९ प्रतिशत योगदान गरेको छ । विश्वका ८ उच्च शिखर र विशेष भूबनोट, पर्वतारोहण तथा साहसिक यात्राका लागि अनुकूल क्षेत्र, हिन्दू र बौद्ध धर्मावलम्बीको पुण्यभूमि तथा अनुकूल हावापानीले नेपाल विश्वकै एक आकर्षक गन्तव्य मानिन्छ । तर, नेपालको जीडीपीमा यसको योगदान ३ देखि ५ प्रतिशतको हाराहारी मानिएको छ । हामीसँग सही तथ्यांकसमेत छैन ।
विश्वको एकतिहाइ जनसंख्याको बीचमा रहेको नेपालको पर्यटकीय सम्भावना निकै उच्च छ । लोन्ली प्लानेटलगायत विभिन्न संस्थाले नेपालका कुनै न कुनै ठाउँलाई विश्वको घुम्नलायक ठाउँमा पार्ने गरेका छन् । तर, त्यसरी तिनले सित्तैमा गरिदिएको प्रचारलाई समेत हामीले उपयोग गर्न सकेका छैनौं । यो भनेको हाम्रो व्यवस्थापन क्षमता कमजोर हुनु नै हो । दक्षिण एशियामा भित्रने पर्यटकमध्ये करीब ६ प्रतिशतको अंश नेपाल आउँछन् । नेपालमा करीब ३० जनाको भागमा १ पर्यटकमात्र पर्ने आउने देखिन्छ । अन्य देशको दाँजोमा यो निकै कम हो । यसले पर्यटनमा गुणस्तरीय सेवा दिन नसकेको तथ्यलाई उजागर गर्छ ।
पर्यटकीय दृष्टिबाट नेपाल निकै सम्भावना बोकेको मुलुक भए तापनि यसको विकास र बिस्तारमा कैयन् अवरोध छन् । कमजोर पर्यटकीय पूर्वाधार, जोखिमपूर्ण यातायात, तालीम प्राप्त जनशक्तिको न्यूनता, सम्बद्ध निकायको कमजोर संस्थागत क्षमता, कमजोर समन्वयका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको देखिन्छ ।
सम्भावना दोहनका लागि पर्यटन क्षेत्र राम्ररी बुझेको र एउटा निश्चित दृष्टिकोण बोकेको उच्च व्यवस्थापन शीप भएको व्यक्तिलाई यसको नेतृत्व दिनुपर्छ । पटकपटक नारा र कार्यक्रम फेर्ने, तिनको असफलता र सफलताबाट सिकेर नयाँ योजना बनाउन नसक्नेजस्ता कमजोरीकै कारण नेपालको पर्यटन फस्टाउन नसकेको हो ।
छरिएर रहेका कार्यक्रम र निकाय तथा ती बीच समन्वयको अभाव नै पर्यटनको विकास हुन नसक्नुको कारण मान्न सकिन्छ । पहिले स्वदेश अनि विदेश भन्ने नारा लिए पनि विदेश भ्रमणको क्रम बढेको बढ्यै छ । तर, यसरी विदेश भ्रमणमा जाने नेपालीलाई नेपालको पर्यटनको प्रचारमा प्रयोग गर्न सकिनेतर्फ कुनै काम भएको छैन । त्यस्तै गैरआवासीय नेपालीहरूलाई समेटेर ल्याइएको कार्यक्रम पनि फलदायी देखिएन । गन्तव्य पनि उत्कृष्ट छ, सेवा पनि छ र नेपाल आउन चाहने पनि छन् । तर, तिनको समन्वय हुन नसक्दा नेपालको पर्यटन विनायोजना चलेको छ भन्न सकिन्छ । पर्यटक बढिरहेका छन् तर तिनको खर्च र बसाइ बढ्न सकेको छैन । संख्या बढ्दा जस लिने र घट्दा दोष थोपर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । तर, सथ्यतथ्य पत्ता लगाएर सुधार गर्ने कुरामा भने ध्यान गएको छैन ।
साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो । तर, त्यही क्षेत्रमा पर्यटक बढाउन सकिएको छैन । र्याफ्टिङमा हामीले हाम्रो प्रतिस्पर्धी को हो र हामीकहाँ आउने पर्यटक अहिले कता गए भनेर खोज नै गरेका छैनौं । तथ्य तथ्यांक संकलन गर्ने, विश्लेषण गर्ने र त्यस आधारमा नीति र कार्यक्रम तय नगर्ने हो भने पर्यटनको सम्भावना पनि जलस्रोतमा धनी भन्ने भनाइ जस्तै परम्परामा मात्रै नरहला भन्न सकिँदैन ।
लेखक पर्यटन व्यवसायी हुन् ।
अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पार्नुभयो ।
प्रदेश- १जिल्ला- तेह्रथुमस्थानीय तह- लालीगुराँस नगरपालिकाकेन्द्र-वसन्तपुर बजारक्षेत्रफल-९०.२७ वर्गकिलोमिटरवडा- ९ वटाघरधुरी संख्या- ३ हजार ४ सय ४६जनसंख्या- १७ हजार ८ सय ५८साक्षर- ७०.७ प्रतिशतउपप्रुमख- तिला पोखरेल प्रदेश १ को तेह्रथुम जिल्लाका ६ पालिकामध्ये लालीगुराँस नगरपालिका एक हो । साबिकका वसन्तपुर, फुलेक, सोल्मा, सुङ्नाम र दांगपा गाविस मिलाएर नगरपालिका बनाइएको हो । नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ नगरपालिका, पश्चिमतर्फ […]
पोखरा । पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखरा नारासहित त्रिवर्षीय आवधिक योजनामा पर्यटनलाई प्राथमिकतामा राखेको छ । पर्यटकीय हिसाबले निकै महत्त्व राख्ने पोखरालाई दिगो र द्रुत विकासका लागि दूरदृष्टिका साथ तयार गरिएको योजनामा समाजवादको आधारशिला निर्माणको प्रयास गरिएको छ ।
नेपालको दीर्घकालीन सोचसँगको सम्बन्धमा नेपालको दूरदृष्टि २१०० ‘समृद्ध नेपाल, सुखी नेपाली’ तय गरेको छ । समृद्ध नेपालका सूचकमा उच्च र समतामूलक राष्ट्रिय आय, मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग र सर्वसुलभ तथा आधुनिक पूर्वाधार एवं आबद्धता र उच्च उत्पादकत्व र उत्पादकत्व विकासलाई लिइएको छ भने सुखी नेपालीको सूचकमा परिष्कृत तथा मर्यादित जीवन, सुखी, सभ्य र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन र सबल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मानलाई त्रिवर्षीय योजनामा उल्लेख गरिएको छ ।
महानगरपालिकालाई पर्यटन केन्द्रका रूपमा विकास गर्न पर्यटन नीति तथा आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गरिने कुरामा जोड दिँदै विकासका प्राथमिकताका क्षेत्रहरू तथा नीतिमा. साहित्य, कला संस्कृति, पर्यटन प्रवद्र्धन तथा उद्यम विकासलाई राखेको छ । महानगरभित्रका सबै भाषाभाषी तथा कला, संस्कृति, साहित्य, धर्म तथा सांस्कृतिक धरोहरहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरेको छ ।
सांस्कृतिक तथा पर्यटनको लक्ष्यमा बदलिँदो परिवेशमा पर्यटन व्यवसायलाई नयाँ तरीकाले विकसित गरी पोखरालाई ज्ञान, विज्ञान, ध्यान, संस्कृति, मनोरञ्जनसहितको आधुनिक पर्यटनको गन्तव्य स्थलका रूपमा विकास गरी पोखरालाई विश्व मानचित्रमा पर्यटन केन्द्रका रूपमा विकास गर्ने जनाइएको छ ।
त्रिवर्षीय आवधिक योजनाले जनताको सहभागितामा समग्र महानगरपालिकाको आमूल रूपान्तरण गरेर नेपालको संविधानले परिकल्पना गरेअनुसारको समाजवाद उन्मुख समाजको निर्माण गर्ने लक्ष्य लिएको पोखरा महानगर शहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए ।
‘महानगरपालिकाले निर्दिष्ट गरेका विकासका सिद्धान्तहरू, दूरदृष्टि, लक्ष्य, उद्देश्यहरू, रणनीतिहरू, कार्यनीतिहरू, कार्यक्रमहरू र क्रियाकलापहरू त्यस दिशातर्पm उन्मुख हुने गरी निर्माण गरिएको छ ।’ उनका अनुसार आवधिक योजनाको लक्ष्यमा नीला तालहरू, समृद्ध संस्कृति, सुरक्षित शहर, वैज्ञानिक दृष्टिकोण, उत्थानशील तथा समावेशी भौतिक पूर्वाधार जोड दिइएको छ । आयोगले तयार गरेको आवधिक योजनामा ३५ ओटा योजनाका विषयहरू र त्यसका विषयग क्षेत्रलाई समेटिएको छ ।
यसको उद्देश्यमा पर्यटनका लागि आवश्यक विधि, विधान र पूर्वाधार संरचनाहरूको विकास एवं विस्तार गर्ने पोखरालाई विश्व पर्यटन गन्तव्यको केन्द्रका रूपमा विकास गरी आर्कषक रोजगारी तथा आय आर्जनका अवसरहरू विस्तार गर्ने छ ।
त्यसैगरी महानगरपालिकामा पर्यटन महाशाखा र पर्यटन परिषद्को स्थापना गर्ने, महानगरपालिकाको सम्भावनालाई प्रस्फुटन गर्न पर्यटन गुरुयोजना तयार गर्ने, पर्यटन व्यवसायीहरूलाई संगठित गरी पर्यटन व्यवसायीहरू, महानगरपालिका, सहकारीहरू र नागरीकहरूको सहभागितामा वित्तीय संस्थाको स्थापना गरी पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, नयाँनयाँ पर्यटन गन्तव्यहरू र पर्यटन उत्पादनहरूको विकास गर्न सम्भावित सूचीहरू तयार गरी विस्तृत परियोजना तयार गर्ने, संघ, प्रदेश, गैसस, निजीक्षेत्र, अन्तरराष्ट्रिय संघसंस्थासँग साझेदारी गरी सम्भावित पर्यटन गन्तव्यहरू र उत्पादनहरूका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाहरू तयार गर्ने रहेको छ ।
त्यसैगरी पर्यटन शक्तिको विकास गर्न र पर्यटन व्यवसायका लागि आवश्यक पर्ने जनशक्तिको नियमित रूपमा शीप, क्षमता तथा दक्षता विकास गर्ने संयन्त्र तयार गर्ने, पोखरा महानगरपालिका र विदेशी तथा स्वदेशी महानगरपालिका तथा नगरपालिकाहरूसँग भागिनी सम्बन्ध स्थापना गर्ने, पोखरामा अन्तरराष्ट्रिय सभा सम्मेलन गर्न विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्ने रणनीति रहेको उल्लेख छ ।
महानगरपालिकाको विस्तृत पर्यटन परियोजना तयार गरी दक्षिण एशियाको विशेष पर्यटकीय स्थलका रूपमा विकास गर्ने, घर बस्तीको सौन्दर्यकरण गर्ने, बाटोको दायाँबायाँ बिरुवा रोपन, खोलाको किनारामा बाँस एवं वृक्षरोपण, सार्वजनिक शौचालय आदिको व्यवस्थापन गर्ने, उद्यम तथा उद्यमशीलता विकासका लागि आवश्यक नीति तथा स्रोतको व्यवस्था गर्ने वातावरण निर्माण गरिने, महानगरपालिकाभित्रका कला, साहित्य तथा संस्कृतिको प्रवद्र्धन गरेर व्यावसायिक विकासका लागि समूहहरू गठन गरी परिचालन गर्ने रहेको छ । नागरिक र महानगरपालिकाको संयुक्त सहभागितामा सहकारी, लघुवित्त, पोखरा पूर्वाधार विकास निगम तथा पब्लिक लिमिटेड कम्पनीहरूमार्फत पूँजी निर्माण गरी नागरिकको शीप, दक्षता तथा सांगठनिक सबलीकरण तथा आधारभूत भौतिक पूर्वाधारहरूको निर्माण गरी श्रममा आधारित अर्थतन्त्रलाई ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरण गरी उद्यम व्यवसाय तथा कृषि, पशु, वनलगायत सबै खाले उत्पादनहरूलाई आधुनिकीकरण गरेर उद्यमशीलता विकास तथा बजार सुनिश्चितामार्पmत वातावरणमैत्री आर्थिक, सामाजिक तथा सांस्कृति रूपमा समृद्ध महानगरपालिका बनाउने लक्ष्य राखिएको छ ।
लक्ष्यका आधार स्तम्भहरूमा जनशक्ति विकास तथा ज्ञानमा आधारित अर्थतन्त्रको विकास, आर्थिक आधुनिकीकरण तथा जनताको निजीक्षेत्रको सबलीकरण, सुशासन तथा संस्थागत सामाजिक विकास, सन्तुलित पर्यावरण तथा समावेशी पूर्वाधार छन् । त्यसैगरी अन्तरसम्बद्ध क्षेत्रमा लैंगिक तथा जातीय समानतासहितको सहभागिता, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, जलवायु परिवर्तनलाई पनि समावेश गरिएको छ ।
पोखरा महानगरवासीहरूको खुशी र समृद्धि नै यस आवधिक योजनाको पहिलो र अन्तिम लक्ष्य भएकाले पोखरा महानगरपालिका वासीहरूमा समर्पित यस गुरुयोजना तयार गर्न विविध पक्षहरूमा सहयोगको अपेक्षा गरेको महानगरका उपमेयर एवं योजना सहजीकरण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताए ।
उनले नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधीनमा रही पोखरा महानगरपालिकाको दिगो र द्रुत विकासका लागि पोखरा महानगरपालिकाको यो नै विकासको पहिलो मार्गचित्र भएको बताए । संघीय सरकारको १५औं पञ्चवर्षीय योजना, गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना (२०७७/७७ देखि २०८०/८१) सम्मका उद्देश्यलाई दृष्टिगत गरी पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मावन संशाधन विकासको माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि प्राप्त गरी समृद्ध प्रदेशको आधारशिला निर्माण गर्नु रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । रासस
काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम भएको एक अध्ययनले देखाएको छ । नेपालका होटेल व्यवसायीहरू सुलभ पहुँचसम्बन्धी पूर्वाधारमा जानकार भए पनि लगानी भने कम गरेको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को अध्ययनले देखाएको छ ।
अपांगमैत्री पर्यटन प्रवर्द्धनका लागि होटेल तथा सेवामा लगानी गर्न सके आर्थिक वृद्धिमा समेत सुधार हुन सक्ने आईएफसीले उल्लेख गरेको छ । ‘सबैका लागि खुला : नेपालका होटेलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँच’ सम्बन्धी सर्वेक्षणको प्रतिवेदन बुधवार सार्वजनिक गर्दै आईएफसीले पर्यटन क्षेत्रमा सुधार गर्दै अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक देखिएको निष्कर्ष निकालेको छ ।
आईएफसीले उक्त अध्ययनका लागि नेपालका प्रमुख शहरका ९० ओटा तारे होटेल र त्यसमा संलग्न उद्यमी÷व्यवसायीलाई समावेश गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी भएका ९५ प्रतिशत होटेल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे जानकार रहे पनि पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको धारणा राखेका छन् । उक्त सर्वेक्षणअनुसार हाल सञ्चालनमा रहेका अधिकांश होटेलमा अपांगता भएका व्यक्तिहरूको आवतजावतका लागि लिफ्ट र भिरालो र्याम्प मात्रै रहेको, १७ प्रतिशत होटेलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको पाइएको छ ।
यसैगरी बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपि वा संकेत चिह्नको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटेलका कर्मचारीहरू पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटेलमा अपांग अतिथिका लागि अतिरिक्त ह्वीलचेयरको व्यवस्था रहेको देखाएको छ । नेपालका अधिकांश होटेलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेका र तिनमा अपांगमैत्री सेवासुविधासमेत नहुने गरेको पाइएको छ ।
पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको छ । आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरूमा अपांग, अशक्त वा अरू सबै उमेरसमूहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक महत्त्व पनि राख्नेछ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा यो प्रतिवेदन तयार गरेको हो । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले वर्षेनि विश्वभरबाट करीब २००० अपांग पर्यटक नेपाल भ्रमण गर्न आउने गरेको बताए । सुलभ पर्यटनका सुविधा र अपांगमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढेर १० हजारसम्म पुग्न सक्ने उनको दाबी छ ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकूट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको भनाइ पाइन्छ ।
त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १०८ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महŒवले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति , वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा जानकारी पाउन सक्ने भएकाले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । आप्mनो मौलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाच गानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसलाई पर्यटनसँग जोड्ने सामान्य प्रयास पाइन्छ । तर, त्यो पर्याप्त छैन जसले गर्दा यहाँको पर्यटकीय सम्भावनाको दोहन हुन सकको छैन ।
गोसाइँकुण्डमा पानीको आयतन १४७२००० क्युबिक मिटर रहेको छ भने भैरवकुण्डमा ४६ लाख ६० हजार क्युबिक मीटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेन्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेन्ड ७५ लिटर पानी तल झर्छ । नेपालमा जम्मा २२५ अर्ब घनमीटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷वनस्पति सबैका लागि महŒवपूर्ण देखिन्छ ।
गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमृत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तम हिमाली क्षेत्र हो । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ किमी झन्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा वास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ ।
काठमाडौंबाट मेलम्ची पुल, तारामाराङ हुँदै ६ घण्टा पैदल हिँडेर कुटुमसाङ पुगिन्छ । त्यहाँबाट मागिनगोठ, ठाडे पाटी, ठूलो घोप्टे, फेदी ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
बौद्ध सुन्दरीजल हुँदै चिसोपानी, पाटी भञ्ज्याङ, चिपलिङ, गुल्फु भञ्ज्याङ, कुटुमसाङ पुगिन्छ र त्यहाँबाट मागिनगोठ, ठाडेपाटी, ठूलो घोप्टे, फेदी, ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाइन्छ । आप्mनो मौलिक जातीय पहिचानको रसास्वादन गर्न सकिन्छ । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्य पान गर्दै धार्मिक यात्रामा जाने नेपालीहरू प्रशस्त छन् । यहाँ पर्यटकीय विकासका लागि विभिन्न प्रकारका कार्यक्रम नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ ।
काठमाडौं उपत्यकाको नजिक भएकाले पनि यहाँ धार्मिक पर्यटक प्रशस्त पुग्ने गरेका छन् । हेलिकोप्टरबाट पनि यहाँ पुग्नेको संख्या प्रशस्त छ । नेपालको पर्यटनमा पदयात्राको भूमिका बढी छ । पदयात्राका लागि यो उत्कृष्ट गन्तव्य हो । तर, पदयात्राका लागि उपयुक्त मार्गमा सडक बन्दै गएकाले यसको यात्रा छोटिएको छ । हिमाली प्रकृतिमा गरिने पदयात्रा अविस्मरणीय हुन्छ । खासगरी बाह्य पर्यटक यसमा निकै रमाएको पाइन्छ । विगतको दाँजोमा निकै पूर्वाधार बनेका छन् । तर, ती पूर्वाधार बनाउँदा यहाँको प्रकृति र जनजीवनमा कुनै असर नपार्ने गरी काम गर्नुपर्छ ।
नेपालका पर्यटकीय क्षेत्रहरू धार्मिक क्षेत्र र त्यसका आसपास रहेका पाइन्छन् । त्यसैले धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वास्तवमा नेपालका प्रत्येक क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ । तर, त्यसका लागि लगानी धेरे चाहिन्छ । गोसाइँकुण्ड धार्मिक महत्त्वको भए पनि प्राकृतिक दृष्टिकोणले पनि उत्तिकै महŒव छ । पर्यटनलाई धर्मसँग जोडेर लाने हो भने पनि पर्यटन व्यवसाय आकर्षक बन्न सक्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि प्रयास हुँदै गर्दा पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ ।
कोभिड–१९ महामारीका कारण प्रतिकूल असर परेको छ । यस अवस्थामा स्वास्थ्य मापदण्ड पालन गर्न अति आवश्यक छ । अवस्था साधारण भएपछि धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । उक्त सफलताका लागि हाम्रो देशमा रहेका हजारौं जलाशय तथा कुण्ड र त्यससम्बन्धी संस्कृतिलाई स्थानीय सरकारले आवश्यक व्यवस्थापन गरी आर्थिक गतिविधि बढाउनु आजको आवश्यकता हो ।
लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।