निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेतृत्व छान्ने प्रणाली कस्तो बनाउने भनेर विवादमा अलमलिएको छ । ६ वर्ष अघि जस्तै प्रत्यक्ष निर्वाचनमार्फत् अध्यक्ष चुन्ने वा हालको व्यवस्थाअनुसार नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भन्ने आन्तरिक विवादमा महासंघ अलमलिएको हो ।हाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित पदाधिकारी कार्यकाल सकिएपछि स्वतः महासंघको अध्यक्ष बन्छ । यो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेपछि स्वतः महासंघको भावी नेतृत्वको रूपम