काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वृद्धि गरिएको औद्योगिक विद्युत डिमान्ड शुल्क अबिलम्ब फिर्ता गर्न सरकारसँग माग गरेको छ । मंगलबार महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेट गरी गत भदौ ३० गते विद्युत नियमन आयोग र प्राधिकरणले गरेको निर्णय सच्याउन माग गरेका हुन् । नियमन आयोगले गत भदौ ३० सार्वजनिक सूचना प्रकाशित गर्दै औद्योगिक क्षेत्रमा जाने विद्युत डिमान्ड शुल्क बढाउन प्राधिकरणलाई