महासंघका वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले सार्वजनिक गरे वाचापत्र
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिक रूपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ ।
गण्डकी– ज्योतिविद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् आजदेखि बजारमा आएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । पोखरा महानगरपालिका–३३ शिवबस्ती निवासी पौड्यालको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने […]
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघइको प्यानलका वैद्यले अरु २ प्रतिद्वन्द्वीलाई पन्छाएर जित हात पारे । सुरकृष्णले ४३ मत ल्याउँदा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट जिल्लानगर उपाध्यक्ष पदमा उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ […]
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार उमेशलाल श्रेष्ठको प्यानलका ढकाल महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् । उनले ६१ मतसहित जित हात पार्दा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट वस्तुगत उपाध्यक्ष पदमा उम्मेदवार बनेका मनिषलाल प्रधान […]
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू वर्तमान आर्थिक समस्याका विषय लिएर प्रमुख पार्टीका शीर्ष नेताहरूलाई भेट्न पुगेका छन् । मंगलबार मात्र महासंघका अध्यक्ष शेखर गोल्छासहित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, तीन उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटको छ । यसअघि महासंघका पदाधिकारीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत छुट्टाछुट्टै भेटेर समस्या राखेका थिए
महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र तीन उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई हालको व्यवस्था परिवर्तन नगर्ने पक्षमा देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन समितिले प्रतिवेदन बुझाएसँगै व्यवसायीहरुबीच विभाजन सुरु भएको छ । महासंघका अधिकांश पदाधिकारी विधान संशोधनमा वरिष्ठ उपाध्यक्षसम्बन्धी साविकको व्यवस्था कायमै राख्ने पक्षमा देखिए […]
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्। श्रेष्ठ महासंघको तर्फबाट बोर्डको सञ्चालकमा नियुक्त भएका हुन्। यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए। ढकालले राजीनामा दिएपछि महासंघले श्रेष्ठलाई बोर्डको सञ्चालक सदस्यमा पठाएको हो। नवनियुक्त सञ्चालक श्रेष्ठले कात्र्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभारसमेत सम्हालिसकेका […]
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् । श्रेष्ठ हाल साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि सञ्चालक छन् ।
२६ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त सञ्चालक समिति सदस्यमा उद्योगी-व्यवसायी अञ्जन श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सिफारिसमा वस्तुगततर्फका उपाध्यक्ष श्रेष्ठ बोर्ड सञ्चालक नियुक्त भएका हुन् । बोर्डमा निजी क्षेत्रको प्रतिनिधिको रुपमा महासंघले सिफारिस गरेको पदाधिकारीलाई चयन गर्ने गरिएको छ । यसअघि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद […]