टेस्ला कम्पनीका सीईआने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् ।
मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ ।
टेस्लाको शेयरमा निरन्तर वृद्धि भएकाले मस्क धनी बनेका हुन् ।
इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।
यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । ...