मस्कले ट्रम्पलाई भने –‘धेरै बुढो भयौ, राजनीतिबाट सन्यास लिएर आराम गर्ने बेला भयो !’

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच रोचक घोचपेच भएको छ । ट्रम्पले शनिबार अलास्का राज्यको एन्कोरेजमा भएको एक राजनीतिक र्‍यालीमा टेस्लाका सीईओ मस्कको विरोध गरेपछि मस्कले ट्वीटरमार्फत कडा जवाफ फर्काएका छन् । मस्कले सोमबार साँझ विभिन्न ट्वीटमार्फत ट्रम्पले राजनीति छाड्ने बेला भएको लेखेका छन् । ‘म यो मान्छे(ट्रम्प)लाई घृणा गर्दिनँ, तर उनले राजनीतिबाट सन्यास लिएर आराम गर्ने बेला आएको छ ,’ मस्कले ट्वीटमा भने ,‘ट्रम्प