ब्लूमबर्गको तथ्याङ्क अनुसार एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए भने मस्क नम्बर २ मा थिए । सोमबार टेस्ला स्टकमा बढोत्तरीले मस्कलाई विश्वका धनी व्यक्तिको सुचीमा […]
काठमाडौं – फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका छन् । यस अघिका एक नम्बर धनाढ्य इलोन मस्कलाई पछि पादै ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । इलोन मस्क दोस्रो स्थानमा छन् । अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् । फोर्ब्सको रियल टाइम […]
काठमाडौं। लुइस भितनका मालिक बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड अघि देखिएका छन् । अर्नाल्टको हालको कुल सम्पत्ति १८६.२ अर्ब डलर रहेको छ भने मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ । टेस्लाको शेयर ओरालो लाग्दा मस्कको सम्पत्ति घटिरहेको बताइएको छ । ७३ […]
काठमाडौँ- भारतीय धनाढ्य गौतम अडानी विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यससँगै अमेजन कम्पनीका मालिक जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका छन् । ब्लुमबर्गको अर्बपति सूचांकमा अडानी द्रुत गतिमा माथि उक्लने क्रम जारी रहेसँगै बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब […]
काठमाडौँ- भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड […]
भारतीय अर्बपति गौतम अडाणीले फ्रान्सका बर्नाड अर्नल्टलाई पछि पार्दै विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनयर्स इन्डेक्समा कुनै पनि एसियाली व्यक्ति शीर्ष तीन स्थानमा पुगेको यो पहिलो अवसर हो ।१३७ बिलियन डलरसहित तेस्रो स्थानमा रहेका अडाणी अघि जेफ बेजोर इलोन मस्कमात्र रहेका छन् । मस्क २५१ बिलियन डलरसहित शीर्ष स्थानमा रहेका छन् भने बेजोस १५३ बिलियन डलरसहित दोस्रो स्थानमा छन् ।चौथो स्थानमा फ्रान्समा बर्नाड अर्नल्ट रहेका छन् । त्यसपछि यो सूचीको शीर्ष १० मा क्रमशः बिल गेट्स, वारेन बफेट, ल
२३ चैत, काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ अनुसार चौधरी कुल १.५ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् । उनी सन् २०२१ मा २१४१औं स्थानमा थिए । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको छ […]
साउन २२, वाशिङटन डीसी (अमेरिका) । फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
फोर्ब्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर बिहीवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार बिहीवारसम्ममा आर्नोलको नेटवर्थ १ खर्ब ९९ डलर रहेको छ । बेजोसको भने १ खर्ब ९३ अर्ब डलर छ ।बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो ।
टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति भने १ खर्ब ८४ अर्ब डलर रहेको छ । आर्नोल यसअघि पनि विश्वकै धनी व्यक्ति बनेका थिए । एजेन्सीहरु
जेठ १२, वाशिङटन डीसी (अमेरिका) । फ्रान्सेली फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
फ्रान्सको लक्जरी ग्रूप एलभीएमएचका प्रमुख कार्यरकारी अधिकृत आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर मंगलवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।
अमेरिकी आर्थिक पत्रिका फोब्र्सको अनुसार आर्नोलको नेटवर्थ १ खर्ब ८६ अर्ब ४० करोड डलर रहेको छ । बेजोसको भने १ खर्ब ८६ अर्ब डलर छ । यस वर्षको अहिलेसम्मको अवधिमा आर्नोलको नेटवर्थ ४७ अर्ब डलर थपिएको छ । एजेन्सी
२४ पुस, काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीबार ब्लुमबर्गले दिएको जानकारीअनुसार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी बनेका हुन् । बिहीबार टेस्लाको शेयरको भाउ बढेसँगै मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब ५० करोड डलर पुगेको छ । यो सम्पत्ति बेजोसको […]