बागलुङ : गाउँ–गाउँमा सडक पुगेको छ। हिउँद महिना गजबले धुलो उडाउँदै गाडीहरु पनि गुड्छन्। जब बर्खा लाग्छ, तब बन्द हुन्छन्। बागलुङका ग्रामीण सडक।असार तेस्रो सातादेखि बन्द भएका बागलुङका अधिकांश ग्रामीण सडक अहिले पनि संचालनमा आउन सकेका छैनन्। बर्खाले क्षतविक्षत बनेका सडक दशैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन। तीन महिनादेखि बन्द सडक संचालन नहुँदा स्थानीयहरु मर्कामा पर्दै आइरहेका छन्।गाउँमा पुगेका अधिकांश सडक बिना इन्जिनियरिङ निर्माण गर्दा बर्खाको भलसँगै बग्छन्। जसका कारण असोज लागिसक्दा