काठमाडौं । चाडवाड नजिकिंदै छन् भने देशका अधिकांश सडक सञ्जालको दुरावस्थाका कारण उपत्यका लगायत देशका ठूला शहर देखि गाउँ सम्म जाने सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । हेर्नुहोस् देशको सडक सञ्जाल विकास र व्यवस्थान झल्काउने केही तस्वीर ।
काठमाडौँबाट दोलखा आउने चरिकोट–मुडे सडकखण्डस्थित झिँगाने भन्ने ठाउँमा पानी परेपछि सडकको दुरावस्था । ठेकेदार र सडक कार्यालयले समयमै काम नगरिदिँदा सात वर्ष बित्दा समेत पूर्णरुपमा सडक निर्माण कार्य सम्पन्न भएको छैन ।
पोल ढलेर राजमार्ग अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा शनिबार दिउँसो पोल ढलेर अवरुद्ध भएको सडक ।
मंसापुर सडकको दुरावस्था:
हनुमाननगर–राजविराज सडकखण्ड जोडने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरस्थित जीर्ण सडक । सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा उक्त सडकमा सवारी सञ्चालन गर्न र सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।
तस्वीरः रासस