नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहर गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले संरचना निर्माण रोकी सम्बन्धित निकायबाट कारबाही हुनुपर्ने सुझाव दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी छानबिन समितिले आधिकारिक निकायबाट बतास समूहको बी म्यानेजमेन्ट प्रालिले नक्सा पास र आधिकारिक स्वीकृति नलिई निर्माण कार्य गरेको उल्लेख गरिएको छ । ‘आधिकारिक निकायबाट नक्सा पास नगरी एवम् निर्माण स्वीकृति नलिई र मन्त्रालय एवम् विकास न