खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व […]