सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा निर्माण भइरहेको नाला काम नसकिदै भत्किएको छ । हटलाईन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिव ५०० मिटर मध्ये एक सय मिटरबढि नाला निर्माण ठेकेदारको लापरवाहीले भत्किएको हो ।
काठमाडौँ, २७ मङ्सिर । “कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण हुँदैछ, नकारात्मक भाष्य निर्माण गर्न हुँदैन”, राष्ट्रियसभाका युवा सांसद प्रकाश पन्थले भने । पछिल्लो समय समाजमा नकारात्मक चिन्तन बढ्दै गइरहेकामा चिन्ता […]
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जिल्लाको एउटा पुल उद्घाटन नहुँदै ७ वर्ष अघि भत्कियो।जिल्लाको आधा भूगोल जोडने पुल बनाउने कम्पनीलाई न त कारबाही नै भयो। न त पुल पुनः निर्माण भयो।...
सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ । दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर लाखौं सरकारी रकमको दुरुपयोग भएको छ । हिउँदका दिनमा भन्दा वर्षायाममा आउने बाढीले त्यस क्षेत्रका स्थानीयहरुको आवत जावतमा कठिनाई भएपछि दुई वर्ष अगावै खारखोलामा स्ल्याव […]
कञ्चनपुर : कृष्णपुर नगरपालिका-२ नयाँ बस्तीस्थित बन्ड नदीमा निर्माण हुँदै गरेको पक्की तटबन्ध सामान्य वर्षाको पानीमै भत्किएको छ। नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले दिएको ठेक्कापछि बनिरहेको तटबन्ध भत्किएको हो।आव ०७८/७९ मा कार्यालयको २८ लाख १५ हजारको लागतमा २०४ मिटर तटबन्ध निर्माण भइरहेको छ। नदीको सामान्य बाढीलाई थेग्न नसकि तटबन्ध भत्किएको हो।‘नदीमा निर्माण भइरहेको पक्की तटबन्ध प्राविधिक त्रुटी र गुणस्तरहीन भएको जनगुनासो आएपछि अनुगमन गरेका छौं', वडाध
रौतहट । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८मा निर्माण भइरहेको रेलमार्गमा गुणस्तरहिन समान प्रयोग भएको पाइएको छ । रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले निर्माण गरिरहेको रेलमार्गमा प्रयोग भएको ग्राभेलमा माटो नै माटो मिसिएको छ । जसको कारण समान्य हिउदे पानीले समेत अहिले नै सो मार्ग […]
The post रेलमार्गमा गुणस्तरहिन समाग्रीको प्रयोग, समान्य झरीमै भत्कियो ड्याम appeared first on राजधानी राष्ट्रिय दैनिक.
कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।...
जिल्लामा निर्माण हुन थालेको नाचघर निर्माण सम्पन्न नहँुदै भत्किएको छ । घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधीन अवस्थामा रहेको खुला नाचघर भत्किएको हो । लगातारको वर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणाधीन अवस्थामा रहेको नाचघरको संरचना भत्किएको हो । घोरदौरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत वर्ष सांस्कृतिक डबली (खुला नाचघर) निर्माण गरिएको थियो । नाचघर […]
२९ चैत, काठमाडौं । चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्कियो । पुलका विज्ञहरु यो घटनालाई निर्माण लागत घटाउने चक्करको परिणाम भन्छन् । पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय देवघाटको घटनालाई निर्माणाधीन पुल भत्किने पुरानै सिलसिलाको निरन्तरता […]