भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकै प्रचार गरेर उद्घाटन गरेका बुन्देलखण्ड एक्सप्रेसवे अहिले पुन: चर्चामा छ । जुलाई १६ मा मोदीले उद्घाटन गरेका एक्सप्रेसवे उद्घाटनको पाँच दिनपछि नै वर्षाबाट भत्कियो । उत्तर प्रदेशका सात जिल्लाहरू – चित्रकूट, बान्दा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावाबाट जाने यो एक्सप्रेसवे उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण (यूपीडा) ले निर्माण गरेको हो । तर उद्घाटनको केही दिनमै वर्षाले केही भाग बगाएपछि झण्डै १५ हजार करोड भारुमा बनेको यो