कोरोना बहानामा सत्ता लम्ब्याउने खेल!

अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले मंगल...

सम्बन्धित सामग्री

कोरोना थप फैलिएपछि पेरुमा संकटकालको म्याद थप

'देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको संकटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,' सरकारी एक अधिकारीले भने।

संक्रमण बढे जाडो बिदा एक महिनासम्म लम्ब्याउने सिसिएमसीको तयारी

काठमाडौँ – कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि शैक्षिक संस्थाहरुमा हिउँदे बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने तयारी भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा विद्यालय तथा कलेजहरुमा अहिले जाडो बिदा हुने क्रम सुरु भएको र कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले जाडो बिदालाई बढीमा एक महिनासम्म थप गर्ने गरी छलफल […]

अष्ट्रेलियाको मेलबर्नमा एक साता थपियो लकडाउन

२७ साउन, काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलर्बनमा एक साताको लागि लकडाउन थपिएको छ । एकैदिन यो सहरका २० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै मेलबर्नमा लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमणले अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ । मेलबर्नमा यसअघि लगाइएको लकडाउन बिहीबारबाट सकिँदै थियो । […]

काठमाण्डौ उपत्यकामा एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउनेबारे अहिले छलफल भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप लम्ब्याउने तयारी भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।  अहिले ललितपुरमा काठमाण्डौ उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीसहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीको बैठक बसिरहेको छ । बैठकमा २० सिट क्षमताभन्दा बढी भएका सार्वजनिक गाडीलाई जोर–बिजोर प्रणालीमा बाढीमा ५० प्रतिशत यात्रु मात्रै बोक्ने गरी...

सुर्खेतमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

जेठ ३१, वीरेन्द्रनगर । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार असार १० गतेसम्म केही खुकुलो गरी निषोधाज्ञा थप गर्ने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पछिल्लो पटक थप गरिएको निधेषाधाज्ञा आज (सोमवार) राति १२ बजेदेखि सकिदै छ । जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार निषेधाज्ञा खुकुलो बनाएर अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभेट, बीउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु खोल्न पाईने भएको छ । जसका लागि निश्चित समय पनि तोकिने भएको छ । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेज्ञाधा जारी भएको थियो ।

मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागू हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका  प्रमुख जि

पर्सामा जेठ १३ सम्म निषेधाज्ञा लम्ब्याइने

पर्सामा जारी निषेधाज्ञाको अवधि एक सातासम्मका लागि लम्ब्याइने भएको छ । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।कोरोना संक्रमणको दोश्रो लहरसँगै पर्सामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा निषेधाज्ञाले सकारात्मक प्रभाव परेको ठहर गर्दै जेठ १३ राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे जानकारी दिए ।

चितवनमा जेठ १३ गते सम्मलाई थपियो निषेधाज्ञा

यसअघि वैशाख १६ गते देखि ३१ गते(भोलि) रातिसम्मका लागि निषेधाज्ञा थियो। यो अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा थप लम्ब्याउने निर्णय गरेको हो।

आपतकाल लम्ब्याउने बारे सोच्दै जापान

वैशाख २२, टोकियो (जापान) । जापान सरकारले टोकियोसमेत केही मुख्य शहरी क्षेत्रमा लगाएको आपतकाल लम्ब्याउने बारे विचार गरिरहेको छ । यसबारे विविध स्रोतहरुलाई उद्धृत गर्दै स्थानीय र अन्तरराष्ट्रिय पत्रपत्रिकाहरुले बुधवार समाचार छापेका छन् । यसो भएमा जुलाईको अन्त्यतिर गर्ने भनिएको टोकियो ओलम्पिक्स यस पटक पनि नहुने हो कि भन्ने शंका बढ्नेछ । अधिकारी टोकियो, ओसाका, क्योटो र ह्योगोमा लगाएको आपतकाल मे ११ पछि पनि लम्ब्याउने सुरमा छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने लडाई जारी रहेकै बेलामा अधिकारीहरु आपतकालको म्याद थप गर्ने बारे विचार विमर्श गर्न पट्टीलागेको तीन स्रोतको भनाइ उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ । सरकारले छिटोमा शुक्रवारसम्ममा यसबारे निर्णय गर्ने बताइएको छ ।  बुधवार पनि प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना महामारी नियन्त्रणको जिम्मा पाएका मन्त्री र स्वास्थ्य मन्त्रीसमेतको टोलीसँग भेटवार्ता गरेका थिए । टोकियो ओलम्पिक शुरु हुन तीन महीनाभन्दा कम समयमात्रै बाँकी रहेको अवस्थामा आपतकालको समय थपगर्न लागिएको हो । यसले प्रतियोगिता यस पटक पनिभनेको समयमा होला कि नहोला भन्ने चासो उत्पन्न हुन थालेको छ । गत वर्ष पनि महामारीकै कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो । संक्रमण बढ्दै गएपछि जनस्तरबाट पनि प्रतियोगिता रद्द गर्न वा स्थगित गर्न अनुरोध आउन थालेको छ । एजेन्सी