पटक-पटक हारेका रामको दमकको मेयर बन्ने सपना

झापा – विगतका चुनावमा पटक-पटक पराजय भोगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापाले पुनः झापाको दमक नगरपालिकाको मेयर बन्ने सपना बुनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतको गृहनगर दमकमा अबको मेयर बन्ने सपना कतिको साकार हुने हो, त्यो मतदानको मत परिणाम आएपछि थाह हुने नै छ। तर यस पटकको चुनावमा गठबन्धनकै सहयोग रहेकाले उनले […]

सम्बन्धित सामग्री

“प्रतिगामी” राजाहरूको “अग्रगामी” सपना!

रवीन्द्र मिश्र- यो सुर्खेतको उत्तरपट्टी रहेको गोठीकाँडा डाँडामा वीरेन्द्रनगरका इमानदार तथा सम्मानित पूर्व मेयर तथा राप्रपाका उपाध्यक्ष मुकुन्द श्याम गिरीसँग खिचिएको तस्बीर हो। पृष्ठभूमीमा देखिएको भूमि सुर्खेत उपत्यका हो। राजा वीरेन्द्र र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले २०२९ सालमा विज्ञहरूको साहयता लिइ सुर्खेतमैँ बसेर, सुर्खेतलाई व्यवस्थित उपत्यका बनाउने योजना बुने। आवास क्षेत्रहरू, सरकारी कार्यालयका क्षेत्रहरू, कृषि क्षेत्रहरू, […]

सांसद छाडेर मेयर लड्दा भोट त बढ्यो, तर मेयर बन्ने सपना पूरा भएन

५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ सर्लाही क्षेत्र ४ (ख) बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजीनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए । उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको […]

अधिकृतको जागिर छाडेर मेयर बन्ने सपना चकनाचुर, जमानत नै जफत

काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिए । उनले अधिकृतस्तरको सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो–बनेपाको मेयर चुनाव लड्ने । जागिरबाट राजीनामा दिएर बनेपाको मेयरमा उम्मेदवारी दिएका उनको यतिबेला न जागिर रह्यो न त मेयर नै जित्ने अवस्था बन्यो । बरु उनको चुनावमा जमानत नै जफत हुनेगरी नतिजा आयो । बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनले मात्रै १४८ मत पाए । जहाँ काँग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मतका साथ विजय हासिल गरे भ

अस्थिर नेताको स्थिर सपना : काठमाडौंको मेयर

स्वप्निल गफ गरेर नागरिकमा आफ्नो योजना सञ्चार गर्न सिपालु छन्, स्थापित । उनका पछिल्ला गफहरूलाई ‘भिजन’ मान्ने मतदाता पनि काठमाडौंमा छन् । अब उनले काठमाडौं महानगरको कायाकल्प गर्ने चुनावी योजना सुनाउन सक्छन् ।

ठूला सपना देखाउँदिन, व्यवस्थित काठमाडौं बनाउँछु : सिर्जना सिंह

काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छन्।   शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी...

केशव स्थापितले फर्केर आउने सपना नसोचे हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने बताएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्। मनोनयनपछि एमाले उम्मेदवार स्थापितले ‘गेम इज ओभर’ भन्दै जित आफ्नो पक्षमा रहेको दाबी गरेका थिए। उक्त भनाईलाई कटाक्ष…

काठमाडौंको अवस्था देखेर राजेश हमाल भन्छन् : मेयर बन्नुपर्छ कि क्या हो!

काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए। 'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्। 'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको…

अभिभावकविहीनका अभिभावक मेयर दुर्गा

‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सब...

एक र्यापरको ‘मेयर’ बन्ने सपना

हालै मैले सामाजिक सञ्जालमार्फत् काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरे । मैले स्ट्याटस लेखेको थिएँ ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौँ हामी आफैं बचाउँछौँ ।’ यो स्टाटसले निकै चर्चा पायो । स्याडोज ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले त चुनाव खर्च जुटाउन आफू झोला बेच्न तयार रहेको भन्दै कमेन्ट गरे । चुनाव आउन ४/५ महिना बाँकी रहँदा मेरो यो स्टाटसलाई धेरैले चर्चामा छाउने खोजेको आरोपसमेत लगाएका छन् । किन मेयर ?म एक र्‍यापरका साथै स्

सपना उद्योग

यतिबेला देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यसो भनौं उनीहरू नयाँ सपना देख्ने र देखाउने उद्योगधन्दामा व्यस्त छन् । त्यसो त शहर शहरमा, गाउँगाउँमा विविध सपनाको जादू देखाउनेहरू धेरै नै छन् । मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूले देखाएका सपना पछ्याउने हामी सर्वसाधारणहरू त झन् धेरै छौं । पुस्ताैंपुस्तादेखि सपनाहरू देख्ने र देखाउनेको सपना शृंखला जारी छ । कोही बीपीको सपना भन्छन्, कोही पुष्पलालको त कोही शहीदको । सातु बेचेर सम्पन्न भएको दिवास्वप्न देख्ने सोम शर्माको देश पो त हाम्रो । अनि सोम शर्माको बिँडो थाम्दै अहोरात्र सपना देख्ने र देखाउने काममा जुट्नु परेन ? त्यसमा पनि सपनाका पछाडि कुद्ने यति ठूलो जमात देशमा भएसम्म अरू के चाहियो र ? संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ । नेपालमा सबैभन्दा राम्रो हुने नै सपनाको खेती हो । खेती सप्रिएपछि यसैको उद्योग खोल्ने हो । त्यही उद्योगको नाम हो पार्टी र यसका जागिरे हुन् कार्यकर्ता । तर कार्यकर्तालाई पार्टीको कोषबाट होइन, राज्यको कोषबाट जागिर खुवाइन्छ । त्यही भएर दल मोटाउने र देश दुब्लाउने क्रम जारी छ । सपना पूरा गरिदिने वाचा लिएर नेतृत्वमा पुगेकाहरू कतिपय आफ्नो चैं सपना पूरा गरेर दृश्यबाट अलग भएका भयै छन् । कोही अझै मैदानमै डटेका छन् । सपना देख्नेहरूले पनि आफ्ना सपनालाई फेरि नयाँ रूपमा प्रकट गर्छन् र आफ्ना सपना पूरा गरिदिने नयाँ पात्रको खोजी गरिरहन्छन् । फेरि नयाँ पात्रले पनि पुरानैले जसरी सपनाहरूलाई धोखा दिएर आफू चैं अघि बढ्छन् । यो क्रम पनि निरन्तर छ । संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ । दुई छाकको जोहो गर्न शहर पसेर सत्तासँग हार गुहार गर्छ । आफू र आफ्ना लालाबालाका लागि न्यानो नाना र नचुहिने छानाको सपना देख्छ । बैंकले नपत्याए पनि कुनै साहूले ऋण पत्याए खाडीमा गएर पैसा कमाउने र ‘चालीस कटेसी रमाउने’ सपना देख्छ । बाउआमाले जसोतसो गरेको आर्जनबाट जीविका चलाउन पाएका युवाचाहिँ शहरमा सानोतिनो जागीर खाने सपना देख्छन् । मध्यम र उच्च मध्यम वर्गका युवाको सपना त अमेरिका र बेलायत वा न्यूजील्याण्ड र अस्ट्रेलियाका कलेज धाउने र सके राम्रै कमाउने रंगीन सपना देख्छन् । पहिले त उनीहरू अमेरिकाको डीभी भर्छन् वा कुनै देशको पीआर ट्राई गर्छन् । उनीहरूका बाउआमाका सपना पनि छोराछोरी विदेश गए ‘तेल भिसा’मा उतै पस्ने र पाए उतै बस्ने हुन्छ । छोराछोरीका सपनाहरूको गोडमेल र संरक्षण गर्ने क्रममा अझ कहर खेप्न र आफ्ना सपनाहरू थन्क्याउन विवश पनि छन् थुप्रै अभिभावकहरू । आफ्ना सपना पूरा गर्ने क्रममा कोही देशभित्रै त कोही विदेशमा पुलिस कस्टडीमा पुग्छन् त कोही तातो गोली समेत खान पुग्छन् । यस क्रममा कोही शहीद बन्छन् त कोही बनाइन्छन् । शहीदका सपना पूरा गर्ने नाममा पनि थुप्रैले आफ्ना सपना पूरा गर्न भ्याउँछन् । सपनाका व्यापारीहरू फेरि फेरि नयाँ नयाँ सपनाको जालो बुनिरहन्छन् । र, हाम्रा पुराना सपनाका मूर्तिहरूलाई नयाँ नयाँ भोटो लगाएर प्रदर्शन पनि गरिरहन्छन् । नयाँ धर्मको सपना, नयाँ स्वर्गको सपना, नयाँ पापमोक्षको सपना देखाउने व्यापार त झन् फस्टाएको छ । शुभलाभको गणितमा निष्ठाको हिसाब हुँदो रहेनछ । यसरी आफ्ना सपना पूरा गर्न टाठाबाठाहरू सिंगापुर र स्वीट्जरल्याण्डको सपना बेच्छन् । त्यसलाई धेरैले पत्याइदिन्छन् र त यहाँ सपना देखाउनेहरूको भाग्य चम्केको छ । यसरी हाम्रो पुस्ताको थुप्रै सपना भने भष्मीभूत हुने क्रममा छ । तर हरेक सपनाको आफ्नै मूल्य हुन्छ, जुन हाम्रो पुस्ताले चुकाइरहेकै छ । समानताको सपना देखाएर हजारौंका सिन्दूर पुछेर आफूलाई सिंहासनमा सजाउने काम दश वर्ष त मजैले चल्यो । पगरी बाँध्ने सपना देखेर लगौंटी गुमाउनेहरू थुप्रै भए देशमा । सपना पनि केही पुराना छन् । केही भर्खरका छन् । केही साना छन् । केही चर्का छन् । हाम्रा सपना सस्तो हो कि महँगो हो भन्ने कुरा लेखापरीक्षकले बताउन नसके पनि भविष्यले चैं अवश्य बताउला । तर हाम्रा सपना हराएका छैनन् र सजिलै हराउनेवाला पनि छैनन् । ‘सास रहेसम्म आश’ भनेजस्तो हाम्रा सपना कुनै न कुनै दिन पूरा हुने नै छ भनेर झीनो आशामा हामी कुदिरहेकै छौं । तर सपना देखेर मात्र हुँदो रहेनछ । सपनालाई विपनामा बदल्न त्यसको गोडमेल र संरक्षणमा पनि लाग्नुपर्दाे रहेछ । के हामीले हाम्रो सम्भावनाका सपनाहरूको संरक्षण र संवद्र्धनमा सधैं लागिपरेका छौं त ? र, हाम्रो सपनाहरूलाई बिगार्न र बिथोल्न खोज्नेहरूलाई हामीले बारम्बार प्रश्न गरिरहेका छौं त ? आजको मूल प्रश्न यही हो । तर हामी प्रश्न गर्दैनौं । हामी कि आँखा चिम्लेर बस्छौं, कि गाली गर्छौं, कि स्तुतिमा रमाउँछौं । किनकि हाम्रो आफ्नो कुनै सपना नै छैन । बहादुर भनेर कसैले पिठ्युँमा धाप मारेकै भरमा मर्न तयार हुने जातिको आफ्नो कुनै सपना हुन्छ र ? अर्काको सपना साकार पार्न आफ्नालाई सिध्याउने अनि आफू पनि सकिने जातिको पनि आफ्नो कुनै सपना हुन्छ र ? यस्तो भइरहुन्जेल नेपालमा फस्टाउने भनेकै सपनाको व्यापार हो है ! त्यसैले होला स्वदेशी होस् वा विदेशी लगानी सबै सपना उद्योगमै खर्च भइरहेको । विना लगानीको यो सपनाको उद्योग छैन त गज्जप ?