काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिए । उनले अधिकृतस्तरको सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो–बनेपाको मेयर चुनाव लड्ने । जागिरबाट राजीनामा दिएर बनेपाको मेयरमा उम्मेदवारी दिएका उनको यतिबेला न जागिर रह्यो न त मेयर नै जित्ने अवस्था बन्यो । बरु उनको चुनावमा जमानत नै जफत हुनेगरी नतिजा आयो । बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनले मात्रै १४८ मत पाए । जहाँ काँग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मतका साथ विजय हासिल गरे भ