काठमाण्डाै - चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।
चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग हिजो भएको भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले यो घोषणा गर्नुभएको हो । भेटवार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’,...