असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।  स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए।  शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उनले बताए। सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।  

सम्बन्धित सामग्री

सुत्केरी बेथा लागेर घरमै बसेकी महिलाको मृत्यु

उदयपुरको बेलका नगरपालिका–९ मा एक गर्भवती महिलाको मृत्यु भएको छ।  मंगलबार सुत्केरी बेथा लागेर घरमै बसेकी प्रमिला बस्नेतको उपचारको लागि विराटनगर स्थित विराट मेडिकल कलेजमा पुर्‍याएपछि बुधबार मृत्यु भएको हो। मृतकका पति...

घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु

काठमाडौँ, १९ चैत । गलकोट जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए । “दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था […]

अस्पतालमा उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु

धनगढी – डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो । शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु मृत्यु भएको आफन्तले जनाएका छन । गर्भाअवस्थामा छारे रोगको समस्याका कारणले उपचारका क्रममा मृत्यु भएको जिल्ला […]

जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु

जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।  समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाइ रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन । स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरी र एक छोरा थिए । चौ

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएक

सुत्केरी हुन नसकेर कालिकोटमा गर्भवती महिलाको मृत्यु

सुर्खेत – कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए। पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चासमेत उल्टो बसेपछि दुबैको ज्यान […]

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

सुर्खेत– कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली बिक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्कलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो […]

हेटौँडा अस्पतालमा सुत्केरी महिलाको मृत्यु

हेटौँडा : हेटौँडा अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।अस्पतालमा सुत्केरी भएकी जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थायी घर भई हेटौँडा उपमहानगरपालिका–९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीता माया मोक्तानको मृत्यु भएको हो।उनको वैशाख ९ गते शुक्रबार शल्यक्रिया गरिएको थियो। शनिबार अति सघन कक्ष (आइसियू)मा उपचाररत उनको गएराति नै  मृत्यु भएको जनाइएको छ।मृतकका परिवारले चिकित्सकहरुको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका छन्।मोक्तानलाई सुत्केरी गराउन ८ वैशाखमा अस्पताल ल्या

सुत्केरी व्यथा लागेकी महिलाको जाजरकोटमा मृत्यु

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

कोरोनाका कारण मकवानपुरमा सुत्केरी महिलाको मृत्यु

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत सुत्केरी महिलाको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।डा. काफ्लेका अनुसार मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–३ निबुवाटारकी ३० वर्षीया महिला रहेकी छिन् । मृतक महिलामा जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।संक्रमण पुष्टि भएपछि स्वास्थ्य