हेटौँडा : हेटौँडा अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।अस्पतालमा सुत्केरी भएकी जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थायी घर भई हेटौँडा उपमहानगरपालिका–९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीता माया मोक्तानको मृत्यु भएको हो।उनको वैशाख ९ गते शुक्रबार शल्यक्रिया गरिएको थियो। शनिबार अति सघन कक्ष (आइसियू)मा उपचाररत उनको गएराति नै मृत्यु भएको जनाइएको छ।मृतकका परिवारले चिकित्सकहरुको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका छन्।मोक्तानलाई सुत्केरी गराउन ८ वैशाखमा अस्पताल ल्या