सुर्खेत – कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए। पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चासमेत उल्टो बसेपछि दुबैको ज्यान […]