जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

जुम्लामा उत्पादन हुने अर्गानिक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य बस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, खुर्सानी, काउली र गोलभेँडा  उत्पादन हुने गरेको छ। कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्

सम्बन्धित सामग्री

अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन

नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक, ७ असोज । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको […]

‘आइपिएम’ प्रविधिबाट तरकारी खेती

सिन्धुली – फिक्कल गाउँपालिकाका किसानले अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यले आइपिएम (रसायनीक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरेर खेती गर्नु)प्रविधिबाट खेती सुरु गरेका छन्। फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सामूहिक सरोकार समाज सिन्धुलीले यहाँका किसानलाई आइपिएम प्रविधिबाट तरकारी खेती गर्न समन्वय गरेको हो। वर्षातको समयमा हिउँदे धान रोपाइँको चटारो सुरु हुने […]

जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

जुम्ला  । जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थािएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गाेलभेडा  उत्पादन हुने गरेको छ। कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बाेहराका अनुसार ७ […]

महिला कृषकका लागि तरकारी खेती तालिम

कम्तीमा महिलाको भान्सामा अर्गानिक तरकारी पुग्न सकोस भन्ने उदेश्यले संचालित तालिमबाट महिलाहरुले जिबिकोपार्जन समेत गर्न सक्ने आयोजकले बताएको छ।...

तस्वीर : पर्यटकलाई अर्गानिक तरकारी खुवाउने उद्देश्यले गरिएको खेती

पर्यटकलाई अर्गानिक तरकारी खुवाउने उद्देश्यले लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ का भुस्मे तामाङ घरवास सञ्चालन तथा कृषकले लगाएको तरकारी खेती । यहाँ उत्पादित तरकारी विभिन्न स्थानमा विक्री गरेर कृषकले राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

अर्गानिक तरकारी खेतीबाट  आम्दानी लिँदै किसान

म्याग्दी : कोरोना महामारी सुरु भएयता विगत ३ वर्षदेखि म्याग्दीमा प्राङ्गारिक तरकारी खेतीको लहर चलेको छ।कोरोना संक्रमणबाट बच्न सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरु फुर्सदिला बनेका र घरगाउँमा नै सीमित रहनुपर्ने बाध्यता भएकाले यहाँका कृषकहरुको ध्यान प्राङ्गारिक तरकारी खेतीतर्फ खिचिएको हो।२८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका २ खबराका ५८ वर्षिय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग परेका छन्।जिल्लाको नया पर्यटकीयस्थल लभ्लीहिल

अर्गानिक तरकारी फलाएर लखपति हुँदै म्याग्देली किसान

म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेतबारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अर्गानिक तरकारीको विक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘२८ वर्षदेखि तरकारी खेती गरिरहेको छु । जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर कोरोना कहर सुरु भएयता जसरी तरकारीको विक्री भयो, यसअघि कहिल्यै पनि भएको थिएन ।’ कोरोना संक्रमण जतिजति बढ्दै गयो, स्थानीयले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अर्गानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातीत तरकारी र फलफूल नपाइने वा त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका किसानकहाँ पुगेरै  बजारका नागरिकले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानको उत्पादनले बजार पाउन थालेका हुन् । किसान कार्कीको खेतबारीमा अर्गानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिल जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमै पुगेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् । त्यसैगरी खबराका अर्का किसान शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायत जिल्लाका दुई दर्जनभन्दा बढी किसानले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले ०७६ चैतदेखि ०७८  वैशाखसम्म तरकारी बेचेरै ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको सुनाए । म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाको अनुभव छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीको अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक छेउमा रहेको उनको बारीमा अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्रांगारिक तरकारी खेती गर्न पाउँदा खुसी लागेको बताउँछन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आबे बगरमा करिब १० करोड लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोड लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवा आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरू अर्गानिक खेतीमा लागेका छन् ।

मौरी मर्न थालेपछि अर्गानिक तरकारी खेती

मौरी मर्न थालेपछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसान अर्गानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौरीपालनको पकेट क्षेत्रका रूपमा रहेको आलिताल गाउँपालिकामा विषादी प्रयोगका कारण मौरी मर्न थालेपछि यहाँका किसान अर्गानिक तरकारी खेती गर्न थालेका हुन् ।