बाँकेका युवा अर्गानिक तरकारी खतीबाट राम्रो आम्दानी गर्दै

बाँकेका युवा अर्गानिक तरकारी खतीबाट राम्रो आम्दानी गर्दै

सम्बन्धित सामग्री

गाउँमै रहर लाग्दो तरकारी खेती, विदेश जान बिर्सेका परान

गाउँ नै खाली गरेर रोजगारीको लागि युवा खाडी मुलुक पुग्ने गरेका छन्। तर, जुम्लाका एक युवाले भने तरकारी खेतीबाट राम्रै आम्दानी गर्दै आइरहेका छन्।  स्थानीय स्तरमा उत्पादित तरकारीले बजार भाउ राम्रो...

कृषि कर्मबाटै ७८ वर्षीय तामाङको वार्षिक आम्दानी १५ लाख

(रौतामाई) उदयपुर– जिल्लाको रौतामाई गाउँपालिका–७ सिरेटारका ७८ वर्षीय जीतुहर्क तामाङको वार्षिक आम्दानी १५ लाख रुपैयाँ छ । तरकारी, बाख्रापालन र फलफूलखेती गर्ने तामाङको कामप्रतिको लगाव र जाँगर देखेर गाँउका सबै छक्क पर्छन् । हरेक दिन बिहान ४ बजे उठेर आर्थिक उपार्जनमा लाग्ने तामाङकै प्रेरणाका कारण सिरेटारका तीन दर्जन बढी युवा व्यावसायिक कृषिमा लागेका छन् । […]

राजनीतिसँगै तरकारी खेती र मौरीपालनमा रमेकी रोकाया

जुम्ला : रोजगारीको लागि युवा जनशक्ति विदेशीने क्रम बढी रहेका बेला केही पूर्वजनप्रतिनिधि तरकारी खेतीबाट राम्रै आम्दानी गर्न थालेका छन्। त्यस्तै २०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष थिइन् हिमाली रोकाया।उनी पाँच वर्ष गाउँपालिकाको उपाध्यक्षको कार्यकाल सफलतापूर्वक सम्हालेको र कुनै विवादमा नपरेको रोकाया बताउँछिन्। तिनै रोकाया अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडानम्वर ११ मा विगत एक वर्षदेखि मौरीपालन र तरकारी खेती गर्दै

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित

माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।  केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’ श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ ।  तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।  रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ । धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् । ‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’  ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

खाडीमा भन्दा बारीमा खुसी छन् यी तीन युवा

अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।

तरकारी खेतीबाट मनग्य आम्दानी

सल्यान : देशका युवाहरु विदेसिने क्रम नरोकिएको बेला सल्यानका युवाहरूले पनि तरकारी खेतीबाट वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गर्दै आइरहेका छन्। युवाहरु रोजगारी नपाएको भन्दै युवा पलायन भई रहँदा आफ्नै गाउँघरमा तरकारी खेती गरी स्वरोजगार बन्दै आइरहेका छन्।कुमाख गाउँपालिका–३ सेरीपाटाका लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमलतारामा १५ रोपनी जग्गा भाडामा लिएर विगत एक वर्षदेखि तरकारी खेती गर्दै आइरहेका छन्।वार्षिक एक रोपनीको ९ हजारका दरले भाडा दिने गरी जमिन लिजमा लगेको उनको

नर्सरी खेतीमा युवा पुस्ता आकर्षित

रुकुम-तरकारी तथा फलफूजन्य उत्पादनमा अब्बल रुकुम पश्चिमका किसान पछिल्लो समय व्यावसायिक नर्सरी उत्पादनमा लागेका छन् ।नर्सरी बिरुवाबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि युवा पुस्ताका किसान समेत नर्सरी उत्पादनमा लागेका हुन् । वर्खायामलाई लक्षित गर्दै व्यावसायिक नर्सरी किसानले उत्पादन गरेका विभिन्न प्रजातिका बिरुवा जिल्लामै खपत हुँदा नर्सरी व्यवसायमा युवा पुस्ताको आकर्षण देखिएको छ ।यस वर्षको मनसुन […]

नर्सरी खेतीमा युवा पुस्ता आकर्षित

तरकारी तथा फलफूजन्य उत्पादनमा अब्बल रुकुम पश्चिमका किसान पछिल्लो समय व्यावसायिक नर्सरी उत्पादनमा लागेका छन् ।नर्सरी बिरुवाबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि युवा पुस्ताका किसान समेत नर्सरी उत्पादनमा लागेका हुन् । वर्खायामलाई लक्षित गर्दै व्यावसायिक नर्सरी किसानले उत्पादन गरेका विभिन्न प्रजातिका बिरुवा जिल्लामै खपत हुँदा नर्सरी व्यवसायमा युवा पुस्ताको आकर्षण देखिएको छ ।यस वर्षको मनसुन […]

विदेशबाट फर्किएर तरकारी खेती

वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी कुहिएर जान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने […]

विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आएका छन्। विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् । दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उनलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । &ldqu...