महिला कृषकका लागि तरकारी खेती तालिम

कम्तीमा महिलाको भान्सामा अर्गानिक तरकारी पुग्न सकोस भन्ने उदेश्यले संचालित तालिमबाट महिलाहरुले जिबिकोपार्जन समेत गर्न सक्ने आयोजकले बताएको छ।...

सम्बन्धित सामग्री

युवालाई तरकारी खेती तालिम

दैलेख । नारायण नगरपालिका–७ किमुगाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बागवानी अनुसन्धान केन्द्र किमुगाउँको प्राविधिक सहयोगमा पन्ध्र दीने तरकारी खेती तालिम संञ्चालन गरिएको हो । सेभ द चिल्ड्रेनको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजिकरणमा युवायुवतीहरूलाई व्यावसायिक तरकारी खेतीमा आबद्ध गराउने उद्देश्यले पन्ध्र दीने तरकारी खेती तालिम सञ्चालन गरिएको […] The post युवालाई तरकारी खेती तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा एक दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न

कास्की । मुक्तिनाथ विकास बैँक शाखा कार्यालय बुढिबजारले मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा एक दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

महिला कृषकलाई तरकारी खेती तालिम

महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताइन् ।

महिला कृषकलाई तरकारी खेती तालिम

महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताइन् ।

सबैको लघुवित्तद्वारा ग्राहकका लागि  बेमौसमी तथा मौसमी तरकारी खेती तालिम

वैशाख २४, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले दाङको लमहीमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिमको आयोजना गरेको छ । दुई दिने उक्त तालिममा २५ जना ग्राहक सदस्यहरुको सहभागिता थियो । तालिममा प्रशिक्षक हरि प्रसाद शर्मा,पवनकुमार श्रेष्ठ,सिता रानाभाट, अनिता वि.क.ले प्रक्षिण दिएका  थिए । करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेतीप्रविधि, फलवाला तरकारी खेतीप्रविधि, लहरे खेती प्रविधि, सागवाली खेती र बेमौसमी तथा मौसमी तरकारी खेतीप्रविधि, बेचबिखन, बजार व्यवस्थापन तथा वित्तीय साक्षरताबारेमा प्रशिक्षण दिइएको थियो । समापनका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले कर्जाको सदुपयोग गरे मात्र फाईदा हुने भन्दै तालिममा लिएका सीपलाई व्यवहारमा लागू गर्न सुझाव दिएका थिए । कम्पनीले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाका साथै ग्राहक सदस्यहरुको क्षमताअभिवृद्धि गराउन तथा व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गर्नका लागि विभिन्न किसिमका सीपविकास तालिम सञ्चालन गर्दै आइरहेको बताएको छ ।

सबैको लघुवित्तको तरकारी खेती तालिम

काठमाडौं (अस) । तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले बर्र्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढीमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम सम्पन्न गरेको छ । तालिमका प्रशिक्षक रविन गिरी,  लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी, गोकर्ण रावतले तालिम प्रशिक्षकको भूमिका वहन गरेको कम्पनीका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले बताए । तालिममा करेसाबारीको परिचय, महत्वका साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती, फल तरकारी खेती, लहरे खेती, जरे तरकारी खेती, मलखाद प्रयोग, सिँचाइ तथा व्यवस्थापन, बेमौसमी तरकारी खेती प्रविधि, रोगकिराबारे जानकारी तथा विषादी व्यवस्थापन, बजार व्यवस्थापन, कम्पनीले प्रदान गरिरहेका सेवा आदिबारे सहभागीलाई जानकारी दिइएको थियो । तालिममा सहभागीलाई कृषि अनुसन्धान निर्देशनालयको ७५ हेक्टरमा फैलिएको कृषि फार्म तथा खजुरा गाउँपालिका मनकामना चोकका स्थानीय व्यावसायिक कृषक कृष्णविक्रम केसीको साढे तीन बिघाको कृषि फार्म अवलोकन गराइएको थियो । सहभागीलाई प्रमाणपत्र वितरण गरिएको तालिममा कार्यक्रम सञ्चालन बर्दियास्थित ककौरा शाखा प्रमुख गोकर्ण रावतले गरेका थिए । कम्पनीले हाल ४३ जिल्लामा ९० शाखा, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयमार्फत लघुवित्त सेवा दिँदै आएको छ ।

निर्धन उत्थान बैंकको तरकारी खेती तालिम

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफ्ना ३० जना ग्राहक सदस्यको सहभागितामा गत २७–२९ गतेसम्म मुगुको गमगढीमा ‘व्यावसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको छ । उक्त तालिम निर्धन र सक्षमको संयुक्त पहलमा सञ्चालन गरिएको थियो।