३ अर्ब ७४ करोडको शेयर खरीदविक्री भएको बजारमा एनसीसी बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

वैशाख २१, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ६५५ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।  शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको बजारमा २११ ओटा कम्पनीकोे रू. ३ अर्ब ७४ करोड ८ लाख १८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर र रु रु जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ  । यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३६९ मा कारोबार भइरहेको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अरुण कावेली पावर कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३५५ मा रू. १५ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

सम्बन्धित सामग्री

मंगलवार नेपाल एसबिआई बैंकको सर्वाधिक रकमको शेयर कारोबार

काठमाडौं । मंगलवार धितोपत्र दोस्रो बजारमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको ३९ लाख १६ हजार १६१ कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमवारको तुलनामा यो दिन कारोबार रकम घटेको हो । मंगलवार १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ४७ लाख ४२ हजार ५११ कित्ता धितोपत्र कारोबार भएको थियो ।  मंगलवार कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल एसबिआई बैंक लिमिटेडले ओगटेको छ । यस दिन बैंकको ७ करोड ५६ लाख १८ हजार रुपैयाँभन्दा बढीको २ लाख २४ हजार ९४४ कित्ता धितोपत्र कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको बैंकको शेयर मूल्य भने प्रतिकित्ता २ रुपैयाँले घटेको छ । मंगलवार बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ कायम भएको हो ।  अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको बजार तेस्रो कारोबार दिन भने घटेको हो । मंगलवार समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १० दशमलव ४२ अंक घटेर १ हजार ९६७ दशमलव ५७ विन्दुमा झरेको छ । छोटो समयमै लगानीकर्ताले नाफा बुक गरेकाले मंगलवारको बजार प्रभावित बनेको प्रतिक्रिया धितोपत्र व्यवसायीहरूले दिएका छन् । बजारले गति लिनेमा अझै लगानीकर्ता आशावादी नदेखिएकाले पनि छोटो समयमै नाफा बुक गरेको धितोपत्र व्यवसायीहरूको बुझाइ छ । नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५० अंक घटेर ३७९ दशमलव १४ विन्दुमा झरेको छ । मंगलवारको कारोबारमा घटेको बजारमा पनि ३३ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन शुभम पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७४ रुपैयाँले बढेर अन्तिम मूल्य ८१४ रुपैयाँ ६० पैसा कायम भएको हो ।  मंगलवार म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक घटेका छन् । म्युचुअल फण्डको परिसूचक भने शून्य दशमलव शून्य ४ प्रतिशत बढेको हो । होटल तथा पर्यटन समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ९८ प्रतिशत घटेको हो ।  त्यस्तै वित्तको १ दशमलव ९२ प्रतिशत, जलविद्युतको १ दशमलव ५६ प्रतिशत, विकास बैंकको १ दशमलव ४४ प्रतिशत, लघुवित्तको १ दशमलव ४० प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४० प्रतिशत, लगानीको १ दशमलव ३१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७८ प्रतिशत, बैंकिङको शून्य दशमलव ४३ प्रतिशत र अन्यको शून्य दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । मंगलवारको कारोबारमा सर्वाधिक शेयर मूल्य थ्री स्टार हाइड्रोपावर लिमिटेडको घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँ ८० पैसाले घटेर अन्तिम शेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ २० पैसा कायम भएको हो । यो दिन कुल बजार पूँजीकरण २९ खर्ब ४५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ कायम भएको छ । एकै दिन कुल बजार पूँजीकरण २९ अर्ब रुपैयाँभन्दा बढीले घटेको हो । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण २९ खर्ब ७४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं, १४ पुस । आज शेयर बजारमा झिनो अंकको बृद्धि हुँदा ३ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको हो । कम्पनीको आज ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यसैगरी, नविल बैंकको ४७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री […]

आज नेप्सेमा भारी अंकको गिरावट आएपनि यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २७ मंसिर । नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजारमा आज ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको आज १८ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो । नेप्सेको अनुसार आज नेशनल हाइड्रोपावर […]

नेप्से उच्च अंकले बढ्दा यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज ६ अर्ब बढीको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि बृद्धि भएको छ। आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको आज ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, कामना सेवा विकास बैंकको आज २२ करोड १६ […]

साढे २ अर्बको कारोबार भएको बजारमा एनसीसी बैंकको सर्वाधिक हिस्सा (२ बजेको अपडेट)

वैशाख १६, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २२ दशमलव ६३ अंकले बढेर २ हजार ६०७ दशमलव ९१ विन्दुमा पुगेको छ ।  शून्य दशमलव ८८ प्रतिशतले बढेको बजारमा २१४ ओटा कम्पनीको रू. २ अर्ब ५५ करोड ९ लाख २६ हजार बराबरको खरीदविक्री भएको छ । कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त, सिंगटी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।  तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।  यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३५२ मा कारोबार भइरहेको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४०९ मा रू. १४ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।