वैशाख १६, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २२ दशमलव ६३ अंकले बढेर २ हजार ६०७ दशमलव ९१ विन्दुमा पुगेको छ ।
शून्य दशमलव ८८ प्रतिशतले बढेको बजारमा २१४ ओटा कम्पनीको रू. २ अर्ब ५५ करोड ९ लाख २६ हजार बराबरको खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त, सिंगटी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३५२ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४०९ मा रू. १४ करोड ९० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।