वैशाख १५, काठमाडौं । बुधवार कारोबारको तेस्रोे घण्टामा नेप्से परिसूचक १५ दशमलव ३६ अंकले घटेर २ हजार ५८३ दशमलव ७१ विन्दुमा पुगेको छ ।
शून्य दशमलव ५९ प्रतिशतले घटेको बजारमा २१३ ओटा कम्पनीको रू. २ अर्ब ८८ करोड ७४ लाख २३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा विशाल बजार कम्पनी, महिला लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३३६ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ८४० मा रू. १३ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।