खानेपानी सुधारको आयोजना छिटो शुरू गर्न पहल

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै शुरू गर्न आग्रह गरेका छन् । केही दिनअघि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल शुरू गर्न उनले आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवले गतवर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण समेत गरेका थिए । सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गराए । जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा खानेपानी समस्या समाधान हुने दाबी उनले गरे । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगरको खानेपानी क्षेत्र सुधारको लक्ष्य लिएको छ । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तरराष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।   यसैबीच, मेयर कोइरालाले यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसँग भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाइ, पार्किङ, फूटपाथ व्यवस्थापनलगायत सुधारको शुरुआत गरेको उनले बताएका थिए । मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकार प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको बताए । समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि उनले केभ्यान्सदसँग संवाद गरेका थिए ।

सम्बन्धित सामग्री

कित्ताकाट खुलाउन पहल

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन रसुवाका पालिकाले पहल शुरू गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ । आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलन कार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए । भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिशलाई आधार मानेर यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चार आनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औंल्याएको छ । असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण रू. ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले बताएको छ । कित्ताको रजिष्ट्रेशन, मरुवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशन कार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए । नौकुण्ड गाउँपालिकाले जमीनको कित्ता नम्बरसहितको लगत सङ्कलन शुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए । रासस

चार वर्षसम्म अलपत्र पुलको निर्माण शुरू

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण शुरू भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण शुरू गरिएको हो । मुसीकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी जलप नेपाल प्रालिले निर्माण शुरू गरेको हो । पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू. दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणका लागि दुवैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुनर्निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए । उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ । पहिलोपटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि टेको भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण शुरू भएको एक वर्षपछि त्यस्तै कारणले पुन: पुल भाँचिएको थियो । पुलको निर्माण तत्कालै शुरू गर्न नगरपालिकाको तर्फबाट पटक–पटक सम्बन्धित निकायमा पहल गरेपछि काम शुरू हुन लागेको मुसीकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । उनले ढिलै भए पनि काम शुरू हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरू पूर्ण आशावादी रहेको बताए । मुसीकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाइ ५५ मिटर रहेको छ । रासस

डिङ्गरनगर–हरिहरपुर जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण शुरू

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण शुरू भएको छ । २ वर्षभित्र निर्माण सम्पन्न हुने पुलको लागत २० करोड ६४ लाख रुपैयाँ रहेको छ । सडक विभाग अन्तर्गत ठेक्का भएको पुलको लम्बाई २०० मिटर छ ।  ४ स्पान रहने पुल पाइल फाउन्डेसनको आधारमा निर्माण हुने गरी डिजाइन गरिएको जनाइएको छ । प्रिस्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फूटपाथका लागि छुट्याइएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहल...

निजगढमा अव्यवस्थित जग्गाको नापजाँच शुरू

बाराको निजगढ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच शुरू गरेको छ । निजगढ नगरपालिका–१, २ र ३ मा पर्ने भरतगञ्ज सिङ्गौलबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाको नापजाँच गर्ने कार्यको शुरूआत गरिएको हो । वर्षौंदेखि नगरमा समस्याको रूपमा रहँदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच शुरू भएसँगै सुकुम्बासी समस्या समाधानका लागि पहल हुने नगर प्रमुख सुरेशकुमार खनालले जानकारी दिए । भरतगञ्ज सिङ्गौलबाट शुरू भएको नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । शुरूमा ...

अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरू

सरस्वती कर्माचार्य, काठमाडौं । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा समेत कब्जा जमाएपछि राष्ट्रपति असरफ घानीले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानको गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले राष्ट्रपति घानी ताजिकिस्तानतर्फ प्रस्थान गर्नुभएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म तालिवान विद्रोही र अफगान सरकारी अधिकारीबीच काबुलमा सत्ता हस्तान्तरणको बारेमा वार्ता चलिरहेको […]

सांसद गाउँगाउँमा, पीसीआर मेसिन खरिद गर्न पहल शुरू

दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए । रुकुमपश्चिमको चौरजहारीमा रहेको पिसिआर प्रयोगशालाले स्वाब परीक्षण गरेको बजेट माग्न थालेपछि थप समस्या भएको छ । जाजरकोटका सबै पालिकामा स्वाब परीक्षण गरेवापत चौरजहारी नगरपालिकाले बजेट माग गर्दै पत्राचारसमेत गरेको छ । अहिले पैस...

बालुवाटारमा सर्वदलीय बैठक शुरू

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शुरू भएको छ । बैठकमा नेपाली कांग्रेस र जसपालगायत दलले सहभागिता जनाएका छन् भने नेकपा माओवादी केन्द्र र एमालेकै माधव–झलनाथ समूह अनुपस्थित छ । कोरोना महामारीको बढ्दो जोखिम नियन्त्रणका पहल, हिउँदे अधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा... The post बालुवाटारमा सर्वदलीय बैठक शुरू appeared first on Purbeli News.

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय ...

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

रसुवा । कोभिड–१९ का कारण केरूङमा  थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला ...

चिया टिपाइका लागि पहल शुरू

लामो समयको लकडाउनका कारण किसान बगान पस्न नपाएर चिया बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि पहल थालिएको छ ।