निजगढमा अव्यवस्थित जग्गाको नापजाँच शुरू

बाराको निजगढ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच शुरू गरेको छ । निजगढ नगरपालिका–१, २ र ३ मा पर्ने भरतगञ्ज सिङ्गौलबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाको नापजाँच गर्ने कार्यको शुरूआत गरिएको हो । वर्षौंदेखि नगरमा समस्याको रूपमा रहँदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच शुरू भएसँगै सुकुम्बासी समस्या समाधानका लागि पहल हुने नगर प्रमुख सुरेशकुमार खनालले जानकारी दिए । भरतगञ्ज सिङ्गौलबाट शुरू भएको नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । शुरूमा ...

सम्बन्धित सामग्री

सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच थालियो

बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ ।

मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो । नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्

मोतीपुर औद्योगिक करिडोरमा जग्गाको नापजाँच शुरु गरिंँदै

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ ।  जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको हो । बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको नापजाँचको काम शुरु गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटव

मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम सुरु हुने

बुटवल– रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ। जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निणर्य गरेको हो। बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको […]

कैलालीका ५ स्थानीय तहमा जग्गाको नापजाँच प्रक्रिया सुरु

कैलाली – जिल्लाका ५ स्थानीय तहले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको कामलाई अघि बढाएको हो । ती स्थानीय तहमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग […]

लालबन्दीमा थालियो ऐलानी जग्गाको नापजाँच

काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ। लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको लालबन्दी नगरपालि-१६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए। नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धित कार्यालयका कर्माचारीको उपस्थितिमा लालबन्दी नगरपालिका-१० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु […]

लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ । लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नापजाँच सुरु गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए । नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्मचारीका साथै सम्बन्धित कार्यालयका कर्मचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको […]

जग्गाको नापजाँच डिजिटल प्रविधिबाटै !

मुगु । हिमाली जिल्ला मुगुमा रहेको नापी कार्यालयले जग्गाको नापजाँच अब डिजिटल प्रविधिबाट गर्ने भएको छ । कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी नापी कार्यालय मुगुबाट सेवा प्रवाह हुने महत्वपूर्ण सेवाहरू डिजिटल प्रविधिबाटै हुने जनाएको हो । टेस नक्सा प्रिन्ट, डिजिटल प्रविधिबाट बिल्यु प्रिन्ट, कित्ताकाट, जग्गा एकीकरण र नक्सा प्रिन्ट जस्ता सेवाहरु अब डिजिटल प्रविधिबाट सेवा […]