चार वर्षसम्म अलपत्र पुलको निर्माण शुरू

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण शुरू भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण शुरू गरिएको हो । मुसीकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी जलप नेपाल प्रालिले निर्माण शुरू गरेको हो । पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू. दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणका लागि दुवैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुनर्निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए । उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ । पहिलोपटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि टेको भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण शुरू भएको एक वर्षपछि त्यस्तै कारणले पुन: पुल भाँचिएको थियो । पुलको निर्माण तत्कालै शुरू गर्न नगरपालिकाको तर्फबाट पटक–पटक सम्बन्धित निकायमा पहल गरेपछि काम शुरू हुन लागेको मुसीकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । उनले ढिलै भए पनि काम शुरू हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरू पूर्ण आशावादी रहेको बताए । मुसीकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाइ ५५ मिटर रहेको छ । रासस

सम्बन्धित सामग्री

साढे ३ वर्षदेखि अलपत्र धाब्लाङ पुलको निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।...

दुई जिल्ला जोड्ने पुल निर्माण अलपत्र

दमौली (तनहुँ), १५ मङ्सिर । तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो । पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० […]

दुई पटकसम्म भाँचिएर अलपत्र परेको पुलको चार वर्षपछि निर्माण सुरु

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाकाे बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएकाे छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम राेकिएर वर्षाैँसम्म अलपत्र परेको थियो ।  दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्राे पटकमा डिजाइन परिवर्तन गरी निर्माण गर्न लागिएको हो । पुरानो निर्माण कम्पनीसँग सम्झौता रद्द गरी जलप नेपाल प्रालीले पुल निर्माणको काम ...

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।...

उपत्यकामा अकासेपुल निर्माण योजना अलपत्र

काठमाडौं उपत्यकाका मुख्य सडकका चोकमा अस्थायी किसिमका अकासेपुल निर्माण गर्ने योजना अलपत्र परेको छ । योजना तयार भएका नौवटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । दुईवटामा भने फाउन्डेसनको काम भएको...

मनाङमा दुईवटा मोटरेबल पुलको निर्माणकार्य वर्षौँदेखि अलपत्र

मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी...

मनाङमा मोटरेबल पुलको निर्माणकाे काम अलपत्र

मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षाैंदेखि निर्माण अलपत्र अवस्थामा छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।  करिब पाँच वर्षअघिबा

अधिकांश पुलको निर्माण समय सकिँदा पनि अधुरै

रौतहट-ठेकेदारको लापरबाही तथा नियमन निकायको बेवास्ताका कारण रौतहटमा निर्माण हुँदै गरेका अधिकांश पक्की पुल निर्माण गर्नुपर्ने समय सकिँदासमेत अधुरै छन् ।रौतहट जिल्लाको सदमुकाम गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको पक्की पुल यतिखेर अलपत्र छ । सम्झौताअनुसार पाँंच वर्षअघि नै निर्माण भइसक्नु पर्ने थियो । तर अहिलेसम्म सो पुलको काम करिब ६० प्रतिशतमात्रै भएको […]

फलेवास र कुश्मीशेरा जोड्ने पुल निर्माण अलपत्र : स्थानीयवासी आक्रोशित

पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ ।  पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो । यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने पुल निर्माण अलपत्र

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिक