रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण शुरू भएको छ ।
२ वर्षभित्र निर्माण सम्पन्न हुने पुलको लागत २० करोड ६४ लाख रुपैयाँ रहेको छ ।
सडक विभाग अन्तर्गत ठेक्का भएको पुलको लम्बाई २०० मिटर छ ।
४ स्पान रहने पुल पाइल फाउन्डेसनको आधारमा निर्माण हुने गरी डिजाइन गरिएको जनाइएको छ । प्रिस्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फूटपाथका लागि छुट्याइएको छ ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहल...