सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न थालेको मुख्यमन्त्री एकीकृत बस्तीहरू १ वर्षको अवधिमा पनि बन्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७७/०७८ भित्रै हस्तान्तरण गरिसक्नुपर्ने बस्तीहरू हालसम्म पनि बन्न नसकेका हुन् ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा हस्तान्तरण भइसकेको बस्ती भनेर समावेश गरेको छ ।
बस्ती निर्माण कार्यक्रम प्रदेशको ३ ठाउँमा लागू गरिएको छ । ५७ वटा २ कोठे आवास १ वर्षमा पनि बन्न नसक्दा विपन्न परिवारको बिचल्ली भएको छ ।
कैलालीको भजनी नगरपालिका–९ भुरुवाको राजीबस्ती, कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुर...