कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षता बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकार प्रवक्ता विमला केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा एकीकृत बस्ती विकास कार्यक्रमका साथै ‘प्रदेश निजामति कर्मचारीको सरुवा तथा काजसम्बन्धी मापदण्ड, २०७७’ को स्वीकृत प्रदान गर्ने निर्