नेप्से बढे पनि म्युचुअल फण्ड समूहमा गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५ अंकले बढेको दिन म्युचुअल फण्ड समूहमा भने गिरावट आएको छ। कारोबार भएका १३ मध्ये अन्य १२ समूहमा भने सुधार आएको छ। आज म्युचुअल फण्ड समूहमा १४.७१ अंकको गिरावट आएको हो। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४७९ अंकले बढेको छ।

सम्बन्धित सामग्री

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम ८६ करोडमा झर्‍यो

३० कात्तिक, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ । बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । बुधबार हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने […]

११ अंकले घट्यो नेप्से, बजार घटे पनि सर्वाधिक कमाउनेमा सनराइज फस्ट म्युचुअल फण्ड

बुधबार शेयरबजार परिसूचक नेप्से ११.९७  अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको छ । बजार घटेसँगै आज ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.३८ बिन्दु कायम भएको छ ।

सेयर बजारमा ७.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा एकल अंकको गिरावट भएको छ । आइतबार ७.७२ अंकले गिरावट भएको नेप्से सोमबार पनि घटेको छ । सोमबार बजार परिसूचक नेप्से ७.२४ अंक (०.३५ प्रतिशत) ले गिरावट हुँदा २०५३.३० अंकमा बन्द भएको हो । सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा […]

४ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा, धितोपत्र बोर्डमा दिए निवेदन

कात्तिक ५, काठमाडौं । चार ओटा नयाँ छुट्टा - छुट्टै म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा रहेका छन् ।  कुमारी सुनौलो लगानी योजना,सिटीजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआइबिएल ग्रोथ फण्ड सञ्चालनमा आउन लागेका हुन् । ती चार ओटै योजनाले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा इकाई निष्कासन गर्नका लागि निवेदन दिएसँगै सञ्चालनमा आउने तयारी गरेका हुन् ।  कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने तयारीमा रहेको कुमारी सुनौलो लगानी योजनाले ५ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनको लागि सिटीजन्स सुपर ३० म्युुचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ ।  सनराइज म्युुचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सनराइज फोकस्ड इक्विटी फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा  सनराइज क्यापिटल लिमिटेड रहेको छ ।   त्यस्तै एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको एनआइबिएल ग्रोथ फण्डले १६ करोड इकाई सञ्चालन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ती चार ओटै म्युचुअल फण्डले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र इकाई निष्कासन गर्नेछन् । हालसम्ममा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २५ ओटा म्युचुअल फण्ड सूचीकृत रहेका छन् ।

१४ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ । १४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख

नेप्सेमा ६१ अङ्कको पहिरो, म्युचुअल फण्ड मात्र ग्रीन जोनमा

आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ ।  यस दिन सबैजसो समूहहरू ऋणात्मक हुँदा एउटै मात्र म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ

७१‍.४३ अंकले बढ्यो नेप्से

काठमाडौँ– साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक […]

सिटिजन्स म्युचुअल फण्ड-१ र २ को इकाई मूल्य समायोजन

भदौ २४, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स म्युचुअल फण्ड -१ र सिटिजन्स म्युचुअल फण्ड-२ को इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले दुवै फण्डले प्रस्ताव गरेको ४०/४० प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।  बुधवार कायम सिटिजन्स म्युचुअल फण्ड-१ को अन्तिम इकाई मूल्य १५ रूपैयाँ २० पैसा र सिटिजन्स म्युचुअल फण्ड-२ को १५ रूपैयाँ ४९ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य ११ रूपैयाँ २० पैसा र ११ रूपैयाँ ४९ पैसा तोकेको हो । दुवै योजनाले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।  सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुवै योजनाले गत आर्थिक वर्ष ०७७/७८ का लागि एउटै अनुपातमा कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् ।  बुक क्लोजको मिति पश्चात लाभांश वितरण गर्ने जानकारी क्यापिटलले दिएको छ । योजना व्यवस्थापक सिविआईएल क्यापिटलको गत भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुवै योजनाको प्रतिफलका सम्बन्धमा निर्णय गरेको थियो ।

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक

सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा