‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कोष प्रवद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। आरविवि म्युचुअल फण्ड १ योजना प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैँया नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने […]

सम्बन्धित सामग्री

६ महीनामा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । पछिल्लो ६ महीनाको अवधिमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक अनुसार गत वैशाख २४ देखि कात्तिक २३ गतेसम्मको अवधिमा यस समूहको परिसूचक ४४ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।  गत वैैशाख २४ गते होटल तथा पर्यटन समूहको परिसूचक ३ हजार ४७१ दशमलव ६७ रहेकोमा कात्तिक २३ गते बढेर ५ हजार १६ दशमलव ३२ पुगेको हो । समीक्षा अवधिमा सर्वाधिक कमाउने समूहको सूचीमा दोस्रोमा म्युचुअल फण्ड छ । समीक्षा अवधिमा उक्त समूहको परिसूचक २९ दशमलव ११ प्रतिशत वृद्धि भएको छ ।  उक्त अवधिमा १२ परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने बैंकिङ्ग समूहको परिसूचक मात्रै घटेको छ । उक्त समूहको परिसूचक ३ दशमलव ७० प्रतिशत घटेको छ । गत वैशाख २४ गते यस समूहको परिसूचक १ हजार २१९ रहेकोमा कात्तिक २३ गते १ हजार १७२ दशमलव ९१ विन्दुमा झरेको हो । कुन समूहको परिसूचक कति ?  स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

आरविवि म्युचुअल फण्ड २ का इकाई सूचीकृत, मंगलवारदेखि कारोबारमा आउने

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने आरविवि म्युचुअल फन्ड–२ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।  यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई नेप्सेमा सूचीकृत भएको हो । यो योजनाका कुल १२ करोड इकाइ विक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेले यो योजनालाई ‘आरएमएफ २’ कारोबार संकेत प्रदान गरेको छ । यो योजनाका इकाइहरू भोलि (मंगलवार)बाट कारोबारमा आउनेछन् । हेर्नुस् सूचना

पाँच महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार

नेप्सेमा एनएमबिका २ म्युचुअल फण्डको इकाई मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाको इकाई मूल्य समायोजन भएको छ । दुवै योजनाले लाभांश वितरणको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मुल्युआ समायोजन भएको हो । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ को मूल्य समायोजन भएको हो । दुवै योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेकोले दुवै योजनाको २१.०५२६३  प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि एनएमबि हाईब्रिड फण्ड एल १ को ९.७८ रुपैयाँ कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य ११.८९ रुपैयाँ रहेको थियो । त्यस्तै  एनएमबि फिफ्टीको इकाई मूल्य १०.४९ रुपैयाँ कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य १२.६० रुपैयाँ थियो ।  एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। दुवै म्युचुअल फण्ड योजनाले समान २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

नेप्सेमा मेगा म्युचुअल फण्ड–१ को इकाई सुचिकृत

मेगा क्यापिटलको ब्यबस्थापनमा निष्काशन भएको मेगा म्युचुअल फण्ड–१ को इकाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। आज मंगलबार फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको  १२ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत भएको हो  । इकाई सुचिकृत भएसंगै बुधबारबाट इकाई खरीद बिक्रि गर्न सकिने छ  । MMF1 सिम्बलबाट यसको कारोबार हुने छ। यस योजनाको आकार एक अर्ब पच्चिस करोड रहेको छ । योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ रहेको छ । यस निष्काशनमा १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी हो । निष्काशनमा १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको थियो भने ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गरिएको थियो ।  बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको थियो ।

१४ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ । १४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख

७१‍.४३ अंकले बढ्यो नेप्से

काठमाडौँ– साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक […]

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजनाका रुपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सम्झौता भएको हो ।सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।‘आरबीबी म्युचुअल फ

सोमबार पनि हाइड्रोपावर क्षेत्रको उछाल कायमै, नेप्सेमा झिनो अंकको वृद्धि

सेयरबजारमा हाइड्रोपावर समूहको उकालो यात्रा सोमबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १.५४ अंकले बढेर ३ हजार १०९.६६ विन्दुमा पुगेको बजारमा हाइड्रोपावर समूहको मात्र सूचक ३.३५ प्रतिशतले वृद्धि भएको छ ।तर, यस दिन यता हाइड्रोपावर, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा जस्ता साना कम्पनीहरुको उपसमूहहरु चम्किरहँदा उता ठूला कम्पनीहरुको सेयर मूल्यमा भने ब्रेक लागेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ, ट्रेडिङ्ग, होटल तथा पर्यटन, म्युचुअल फण्ड, लगानी लगायतका क्षेत्रहरुको बजार खस

नेप्से परिसूचक १९ दशमलव ३९ अंकले बढ्याे

काठमाण्डाै - नेप्से परिसूचक आज १९ दशमलव ३९ अंकले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज बढेर १२ सय ६३ दशमलव ९७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले बढेको छ । फाइनान्स, अन्य र म्युचुअल फण्ड बाहेक आज सबै समूहको...