‘नबिल फ्लेक्सी क्याप फण्ड’ खुल्लामुखी म्युचुअल फण्ड निष्कासन आजदेखि

२३ कात्तिक, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बै‌ंकिङले बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रति इकाइ मूल्य १० रुपैयाँ दरको कुल ७५ करोड रुपैयाँको ७ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्कासन बिक्री […]

सम्बन्धित सामग्री

दोस्रो खुलामुखी सामुहिक लगानी कोष सञ्चालन गर्दै एनआईसी एशिया क्यापिटल

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको तयारी गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ’एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना संचालन गर्न लागेको हो । क्यापिटलले योजना संचालनको लागि गत असार मै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा माघ २४ गते थप कागजात बुझाएको छ । यो योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटलले हाल ’एनआईसी एशिया डायनामिक डेट फण्ड’ नामको खुलामुखी योजना संचालन गरिरहेको छ ।  क्यापिटलले हाल एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामका बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

कार्तिक १६ बाट नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै सानिमा क्यापिटल

सानिमा क्यापिटलले कार्तिक १६ गतेबाट सानिमा गर्थ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा ग्रोथ फण्ड नामाक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५६ लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई छुट्याईएको छ । त्यस्तै २४ लाख इकाई सानिमा क्यापिटललाई छुट्याईएको छ ।  बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  छिटोमा कार्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कार्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवाह्दी ११ वर्ष रहेको छ ।  सानिमा क्यापिटलले हाल सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड संचालन गरिरहेको छ ।

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’

एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले १९ जेठदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिदै ।

बिहीवारदेखि फ्लेक्सी क्याप फण्ड निष्कासन गर्दै एनआईसी एशिया क्यापिटल

जेठ १८, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । फण्डले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा ल्याउन लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । आवेदकले बिहीवारदेखि उक्त इकाईमा आवेदन दिन सक्नेछन् । निष्कासन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो। सो फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने  छ ।  ७ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर  एपबाट पनि आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो। आह्वान पत्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:

चैत मसान्तसम्ममा सानिमा लार्ज क्याप फण्ड रू. ४ करोड ७ लाख नोक्सानीमा

वैशाख १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा उक्त फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा रहेको छ । गत फागुन मसान्तसम्मममा भने फण्डले रू. ५९ लाख ७३ हजार नाफा कमाएको थियो । चैत महीनामा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू.२ करोड ३६ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १२ लाख थियो । त्यसैगरी फण्डको फागुन मसान्तसम्ममा जम्मा रू.  १ करोड ५२ लाख खर्च रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.१ करोड ७० लाख पुगेको छ । त्यसैगरी फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्मा फण्डको एनएभी रू. १० दशमलव २० रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशलव ८२ कायम भएको छ। फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ५९ करोड ९४ लाख लगानी रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६१ करोड २९ लाख पुगेको छ ।

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ २१, काठमाडौं । सोमवार बजार खुलेको पौने दुई घण्टामा कारोबारमा आएका २१५ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।  सानिमा लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमा सर्वाधिक शेयर खरीद माग रहेको हो ।  यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा लाइफ इन्स्योरेन्सको ६ लाख ७५ हजार २५७ कित्ता शेयर खरीद माग रहेको हो । त्यसैगरी नेशनल हाइड्रोपावरको ३ लाख ६९ हजार ५२४ कित्ता, सानिमा लार्ज क्याप फण्डको ३ लाख ३७ हजार ९८ इकाई माग, सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख ६७ हजार २३० इकाई र एनआइसी एशिया ग्रोथ फण्डको २ लाख १० हजार १६० इकाई माग रहेको छ ।

सानिमा म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने

साउन १३, काठमाडौं । सानिमा म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।  फण्डले सानिमा ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । सानिमा ग्रोथ फण्डले १२ करोड इकाई निष्कासन गर्न धितोपत्र बोर्डमा असार ३१ गते निवेदन दिएको हो । योजना व्यवस्थापकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत यसअघि सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड सञ्चालित छन् ।

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?

काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन  मङ्गलबार बन्द हुनेछ ।प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेद