मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

गण्डकी प्रदेशमा आवश्यक मध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृषि विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघार वटै जिल्

सम्बन्धित सामग्री

‘एरोपोनिक’ प्रविधिबाट ‘हावा’मा आलुको बीउ उत्पादन

१७ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत […]

धादिङमा मकैको बीउ उत्पादन

आर्थिक वर्ष ०६६/६७ मा धादिङका तीन गाविसमा करीब १२ मेट्रिकटन रामपुर कम्पोजिट नामको उन्नत जातको मकैको बीउ उत्पादन गरिएको छ । धादिङमा साङ्खोट, खाल्टे र मैदी गाविसको करीब ५ सय रोपनी क्षेत्रफलमा सो जातको मकैको खेती गरिएको थियो । अन्तरराष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) को रू. २ लाख १६ हजार अनुदान सहयोगमा ती गाविसका ५५ किसानले सो बीउ उत्पादन गरेका हुन् । उत्पादित बीउबाट किसानले प्रतिकिलो रू. ३० ले रू. ३ लाख ६० हजारमा विक्री गरेको कृषि व्यवसाय तथा व्यापार प्रवर्द्धन बहुउद्देश्यीय सहकारी संस्था (अब्ट्राको) का अध्यक्ष जगदीशचन्द्र गौतमले बताए । चालू आवमा करीब १५ मेट्रिकटन मकै बीउ उत्पादन गरी विक्रीवितरण गर्ने अब्ट्राकोको लक्ष्य रहेको बताइएको छ । यो जातको बीउ एक हेक्टर जग्गामा २० किलो लाग्ने उनले बताए । गौतमका अनुसार अब्ट्राकोकोे आयोजनामा किसानसँग कार्यगत अनुसन्धान (कामसँगै अनुसन्धान गर्ने प्रक्रिया) पछि सो बीउ छनोट गरिएको थियो । धादिङको साङ्कोट गाविसलाई ‘मेज सिड भिलेज’ (मकैको बीउ उत्पादन गर्ने गाउँ) घोषणा गरिएको छ । धादिङका तीन गाविसमा सहभागितात्मक विविधीकरण प्रणालीमा आधारित सामुदायिक बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।        वर्ष ६ अंक ३५, बुधवार, २७ असोज, २०६७

व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

काठमाडाैँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ। स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका हुन्। नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान रु २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो। नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि […]

बाह्रबिसेमा व्यावसायिक रूपमा आलुको बीउ उत्पादन

सिन्धुपाल्चोक – जिल्लाको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् । नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान रु २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो । नगरले बीउ उत्पादनका […]

अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन

मङ्गलबारे । अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो । इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएको कार्यालयका सूचना अधिकारी दिलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल डेढ रोपनी जमिनमा बिरुवा उत्पादन […]

गण्डकीमा ३० प्रतिशत मात्रै बीउ उत्पादन

वालिङ– गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ । वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक […]

गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान

कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण गरेको हो।...

जुम्लामा उन्नत जातको गहुँको बीउ उत्पादन हुने

खलङ्गा, १९ माघ । कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित […]

बीउ उत्पादन अभिवृद्धिमा सघाउँदै जाइका

काठमाडौं (अस) । जाइका र नेपाल सरकारबीच धानको बीउ परियोजना सहकार्यका लागि सम्झौता भएको छ । ‘बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली परियोजना’मा प्राविधिक सहकार्यका लागि जाइकाले नेपाल सरकारसँग उक्त सम्झौता गरेको हो । यो परियोजना कार्यान्वयनको अवधि ५ वर्ष (सन् २०२२ को मार्चदेखि सन् २०२७ को मार्चसम्म) रहेको छ । परियोजना कार्यान्वयन निकाय बीउ गुणस्तर नियन्त्रण केन्द्र, कृषि तथा पशु विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र प्रदेश १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय रहेका छन् । परियोजना प्रदेश १ मा मुख्यतः झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा कार्यान्वयन हुनेछ । परियोजनाको उद्देश्य प्रदेश १ मा गुणस्तर सुधारिएको बीउको प्रसारमार्फत धानको बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली मजबूत बनाउनु एवम् नेपालमा धानको बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली कार्यान्वयन बलियो बनाउनु रहेको छ । धान नेपालको कृषिमा मुख्य बाली हो । परियोजना कार्यान्वयन भइरहँदा र सम्पन्न भएपछि समेत यसले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा टेवा दिने अपेक्षा गरिएको छ ।

बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना

हेटौँडा : ग्रामिण क्षेत्रका वासिन्दाको आयआर्जनमा वृद्धि गराउने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको छ। बकैया गाउँपालिका-७ हात्तीखोलामा नमुना च्याउ बीउ उत्पादन केन्द्रको बिहीवार एक समारोहका बीच भूमि, व्यवस्था तथा कृषि मन्त्री दावादोर्जे लामाले उद्घाटन गरे। उक्त उद्घाटन समारोहमा मन्त्री लामाले ग्रामिण…