जुम्लामा उन्नत जातको गहुँको बीउ उत्पादन हुने

खलङ्गा, १९ माघ । कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित […]

सम्बन्धित सामग्री

मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

गण्डकी प्रदेशमा आवश्यक मध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृषि विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघार वटै जिल्

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

वार्षिक रुपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए...

धान र गहुँको बीउ उत्पादनमा कैलाली आत्मनिर्भर

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।   “बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, “पछिल्ला वर्षमा धान

गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान

कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण गरेको हो।...

साल्ट ट्रेडिङले अर्को सातादेखि गहुँको बीउ बेच्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफैले उत्पादन गरेको गहुँको बीउ अर्को सातादेखि बेच्ने भएको छ । यसअघि कर्पोरेशनले दशैं सकिएलगत्तै गहुँको बीउ बेच्न शुरू गर्ने बताए तापनि चाडवाडका कारण अनुकूल नभएकाले छठ सकिएपछि विक्री शुरू गरिने जानकारी दिइएको छ । देशभित्रै उन्नत जातको बीउ उत्पादन गरी किसानलाई उपलब्ध गराउन कर्पोरेशनले हरेक वर्ष एक हजार मेट्रिकटन गहुँको बीउ उत्पादन गरी विभिन्न सहकारी र एग्रोभेटमार्फत विक्री गर्दै आएको छ । उन्नत जातको बीउको अभावमा किसानले गहुँको उत्पादन राम्रो गर्न नसकेको भन्दै कर्पोरेशनले २०६० सालदेखि नै झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, चितवन लगायत तराईका जिल्लाका किसानलाई आफैले बीउ उत्पादन गरी विक्री गर्दै आएको छ । यसरी विक्री गरिने बीउ कर्पोरेशनले ती जिल्लाका किसानसँगको सहकार्यमा कन्ट्र्याक्ट फार्मिङ मार्फत उत्पादन गर्ने गरेको छ । कर्पोरेशनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार तराईका अधिकांश जिल्लामा अहिले धान काट्ने सिजन भएकाले अब अर्को सातादेखि बीउ विक्री गरिने भएको छ । ‘कन्ट्र्याक्ट फार्मिङमार्फत हामीले उत्पादन गरेको बीउ स्थानीयस्तरका विभिन्न सहकारी र एग्रोभेटहरूलाई विक्री वितरण गर्दछौं र त्यहाँबाट किसानले आफूलाई आवश्यक परिमाणमा खरीद गर्न सक्छन्,’ उनले भने । प्रतिकिलो ८० रुपैयाँका दरले किसानले यो बीउ खरीद गर्न सक्नेछन् । किसानले एक बिघा बराबर ८० किलोका दरले बियाड छर्नुपर्ने उनको सुझाव छ । कर्पोरेशनले बारा, पर्सा र चितवनका ५० जनाभन्दा धेरै किसानसँगको सहकार्यमा गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको छ । तीन जिल्लाका करीब ५०० बिघा क्षेत्रफलमा १५ हजार बिघा जमीनलाई पुग्नेगरी बीउ उत्पादन भइरहेको विभागीय प्रबन्धक खड्काले बताए । शुरुआती दिनमा वार्षिक २०० मेट्रिकटन बीउ उत्पादन गर्दै आएको कम्पनीले पछिल्ला दिनहरूमा यसको मात्रालाई बढाएर १ हजार मेट्रिकटन पु¥याएको हो । कर्पोरशनको सहयोगमा देशभित्रै उत्पादन भएको उन्नत जातको बीउबाट वार्षिक ३० हजार मेट्रिकटन गहुँ उत्पादन हुने गरेको तथ्यांक छ । उक्त बीउमा उच्च किसिमको उमार शक्ति रहेकाले पछिल्लो समय तराईका किसानबाट बढी माग हुने गरेको बताइएको छ ।

वार्षिक १ हजार मेटन गहुँको बीउ उत्पादन गर्दै

काठमाडौं (अस) । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक १ हजार मेट्रिकटन गहँुको बीउ उत्पादन गर्दै आएको छ । उन्नत जातको बीउको अभावमा किसानले राम्रो उत्पादन लिन नसकेको भन्दै संस्थाले २०६० सालदेखि नै विभिन्न जिल्लाका किसानसँग सहकार्य गरी कन्ट्र्याक्ट फार्मिङ मार्फत गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको हो । शुरुआती दिनमा वार्षिक २०० मेट्रिकटन बीउ उत्पादन गर्दै आएको कम्पनीले पछिल्ला दिनमा यसको मात्रा बढाएर १ हजार मेट्रिकटन पुर्‍याएको हो । संस्थाले बारा, पर्सा र चितवन गरी तीन जिल्लाका करीब ५० जना भन्दा धेरै किसानसँगको सहकार्यमा गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको छ । तीन जिल्लाका करीब ५०० बिगाहा क्षेत्रफलमा १५ हजार बिगाहा जमीनलाई पुग्नेगरी बीउ उत्पादन भइरहेको छ । संस्थाले किसानलाई वार्षिक ५ करोड रुपैयाँभन्दा बढी मूल्यको उन्नत जातको बीउ विक्री गर्दछ । किसानसँग बीउ खरीद गरी हटौंडामा रहेकोे प्रशोधन प्लान्टमार्फत प्रशोधन गरिसकेपछि किसानलाई नै विक्री गरिन्छ । संस्थाले २०६० सालमै भारतको हरियाणास्थित एग्रोसा इन्डस्ट्रिज कम्पनीबाट प्रशोधन मेशिन ल्याएर गहुँको बीउको प्रशोधन थालेको थियो । देशभित्रै उत्पादन भएको उन्नत जातको बीउबाट वार्षिक ३० हजार मेट्रिकटन खानयोग्य गहुँ उत्पादन हुने गरेको संस्थाको तथ्यांक छ । साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उपलब्ध गराएको मूल बीउबाट उन्नत जातको बीउ उत्पादन गरिँदै आएको छ । किसानले उत्पादन गरेको उन्नत जातको बीउ खरीद गरी प्याकेजिङ गरेपछि संस्थाले बजारमा पठाउँछ । उक्त बीउ किसानले विभिन्न एग्रोभेट र सहकारी कम्पनीमार्फत किन्न पाउँछन् । संस्थाले किसानसँगको सहकार्यमा गरिरहेको बीउ उत्पादन कार्यमा किसान, दैनिक ज्यालादारी कामदार र कर्मचारी सहित करीब २०० जनाले रोजगारीको अवसर पाएका छन् । यसरी उत्पादित उन्नत जातको बीउबाट गहुँ उत्पादक किसानले राम्रो उत्पादन लिन सकेको संस्थाले बताएको छ । संस्थासँगको सहकार्यमा बीउ उत्पादन गर्ने किसानलाई हरेक वर्ष प्रोत्साहन स्वरूप १५ प्रतिशतसम्म प्रिमियम उपलब्ध गराउने गरिएको छ । स्वदेशमै गुणस्तरीय बीउ उत्पादनले बीउका लागि बाहिरिने करोडौं रकम रोक्ने र यसले समग्र अर्थतन्त्रमा टेवा पुग्ने विभागीय प्रबन्धक खड्काले बताए ।

अर्घाखाँची बीउमा आत्मनिर्भर

अर्घाखाँचीका विभिन्न ठाउँमा बीउ उत्पादनमा कृषक सक्रिय भएका छन् । जिल्ला मकै र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भइसकेको छ । जिल्लामा उत्पादित बीउ अन्यत्रसमेत बिक्री हुन थालेको छ । पाणिनी गाउँपालिका–७ अड्गुरीमा सिमीको बीउ उत्पादन भएको छ । क्रियाशील गुणस्तरीय सिमी बाली बीउ उत्पादन कृषक समूहका २५ जना सहभागी कृषकले सिमीको बीउ उत्पादन गरेका हुन् । किसानका लागि उन्नत बीउविजन कार्यक्रमको अनुदानमा यहाँका कृषक बीउ उत्पादनमा सक्रिय भएका हुन ।