धादिङमा मकैको बीउ उत्पादन

आर्थिक वर्ष ०६६/६७ मा धादिङका तीन गाविसमा करीब १२ मेट्रिकटन रामपुर कम्पोजिट नामको उन्नत जातको मकैको बीउ उत्पादन गरिएको छ । धादिङमा साङ्खोट, खाल्टे र मैदी गाविसको करीब ५ सय रोपनी क्षेत्रफलमा सो जातको मकैको खेती गरिएको थियो । अन्तरराष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) को रू. २ लाख १६ हजार अनुदान सहयोगमा ती गाविसका ५५ किसानले सो बीउ उत्पादन गरेका हुन् । उत्पादित बीउबाट किसानले प्रतिकिलो रू. ३० ले रू. ३ लाख ६० हजारमा विक्री गरेको कृषि व्यवसाय तथा व्यापार प्रवर्द्धन बहुउद्देश्यीय सहकारी संस्था (अब्ट्राको) का अध्यक्ष जगदीशचन्द्र गौतमले बताए । चालू आवमा करीब १५ मेट्रिकटन मकै बीउ उत्पादन गरी विक्रीवितरण गर्ने अब्ट्राकोको लक्ष्य रहेको बताइएको छ । यो जातको बीउ एक हेक्टर जग्गामा २० किलो लाग्ने उनले बताए । गौतमका अनुसार अब्ट्राकोकोे आयोजनामा किसानसँग कार्यगत अनुसन्धान (कामसँगै अनुसन्धान गर्ने प्रक्रिया) पछि सो बीउ छनोट गरिएको थियो । धादिङको साङ्कोट गाविसलाई ‘मेज सिड भिलेज’ (मकैको बीउ उत्पादन गर्ने गाउँ) घोषणा गरिएको छ । धादिङका तीन गाविसमा सहभागितात्मक विविधीकरण प्रणालीमा आधारित सामुदायिक बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।        वर्ष ६ अंक ३५, बुधवार, २७ असोज, २०६७

सम्बन्धित सामग्री

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो । भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताए । अघिल्लो वर्ष […]

मकैको बीउ वृद्धि अभियान

बलेवा, २१ वैशाख । कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भएअनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले […]

गण्डकीमा ३० प्रतिशत मात्रै बीउ उत्पादन

वालिङ– गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ । वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक […]

मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

गण्डकी प्रदेशमा आवश्यक मध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृषि विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघार वटै जिल्

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

वार्षिक रुपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए...

मकैको बीउ बिक्रीबाटै मनग्य आम्दानी

८ साउन, वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्षअघिदेखि सो जातको मकैको बीउ उत्पादन […]

मकैको बीउ बिक्रीबाटै मनग्य आम्दानी

काठमाडौँ,८ साउन । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८र७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्षअघिदेखि सो जातको मकैको बीउ उत्पादन गर्दै […]

एउटै समूहको मकैको बीउ ३८ जिल्लामा

गुर्भाकोट नगरपालिका–१२ मेहलकुनास्थित पवित्र बीउ उत्पादन उद्योगमा आबद्ध महिलाहरूले उत्पादन गरेको मकैको बीउ ३८ जिल्लामा जान थालेको छ । उद्योगमा आबद्ध झन्डै ८ सय महिलाले बीउ उत्पादन गर्न थालेपछि भारतबाट मकैको बीउको आयात रोकिएको छ ।

पदमपोखरीका किसानलाई मकै गोड्ने चटाराे

हेटौंडा : यतिबेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका पदमपोखरीका किसानलाई मकै गोड्ने चटारो छ। जिल्लामै मकै उत्पादनको पकेट क्षेत्र मानिएको हेटौंडा उपमहानगरपालिका–१२ र १३ का किसान अहिले मकै गोडमेल गर्न व्यस्त बनेका हुन्।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै उत्पादनको लागि पकेट क्षेत्र मानिएको पदमपोखरीमा अहिले ब्लग विकास कार्यक्रम पनि लागु भएको छ। जुन कार्यक्रमअन्तर्गत वार्षिक एक सय टनभन्दा धेरै मकैको बीउ उत्पादन हुँदै आएको छ।पदमपोखरीमा उत्पादित मकैको बीउ चितवन, भक्तपुर, रसुवा, नु

बाँकेमा रामपुर–१० जातको मकैको बीउ उत्पादन शुरु

वैशाख १७, बाँके । थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैको बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जानकारी दिएको छ ।  सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो । बीउ उत्पादनका लागि सिमिट/एनसाफको प्राविधिक सहयोग रहेको जानकारी दिइएको छ । जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरु गरिएको हो । संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए । उनले भने ‘शुरुआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ । यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छौ ।’ डुडुवा २ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद वर्माले  हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको जानकारी दिए । उनले लगाएको मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए ।  कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए । उनले प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रति केजी रू. २५ अनुदान समेत दिएको बताए ।  बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकै भन्दा बढी नै उत्पादन दिने जानकारी दिए ।  प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए । हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका मकै प्रर्दशनका लागि लगाइएको उनले जानकारी दिए । रासस