बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना

हेटौँडा : ग्रामिण क्षेत्रका वासिन्दाको आयआर्जनमा वृद्धि गराउने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको छ। बकैया गाउँपालिका-७ हात्तीखोलामा नमुना च्याउ बीउ उत्पादन केन्द्रको बिहीवार एक समारोहका बीच भूमि, व्यवस्था तथा कृषि मन्त्री दावादोर्जे लामाले उद्घाटन गरे। उक्त उद्घाटन समारोहमा मन्त्री लामाले ग्रामिण…

सम्बन्धित सामग्री

१० वर्षमा ७६६ % बढ्यो च्याउको उत्पादन, 'आन्तरिक उत्पादनबाट ८० % माग धानिँदै'

काठमाडौं । पछिल्लो समय नेपालमा च्याउ खेतीमा आकर्षण बढ्दो छ । कम लगानीमा खेती गर्न सकिने र कम समयमा नै राम्रो मुनाफा कमाउन सकिने भएकाले च्याउ खेतीमा किसानको आकर्षण बढेको हो ।  किसानको आकर्षण बढेसँगै नेपालमा च्याउ उत्पादन गर्ने आधुनिक प्रविधिसमेत भित्रिएको छ । आधुनिक प्रविधि भित्रिएसँगै च्याउको उत्पादनसमेत बढेको किसानहरू बताउँछन् ।  नेपालमा च्याउ खेती हुन थालेको भने ४७ वर्ष भएको छ । सन् १९७७ बाट नेपालमा सेतो च्याउ खेती शुरु भएको पाइन्छ । ओयस्टर च्याउको खेती भने सन् १९८४ मा शुरु भएको थियो । नेपालमा च्याउको अध्ययन तथा अनुसन्धान भने सन् १९७४ मा शुरु भएको थियो । त्यतिबेला नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल (नार्क) का वैज्ञानिकले च्याउको अध्ययन अनुसन्धान शुरु गरेका थिए । शुरुआती दिनमा काठमाडौं र भक्तपुरमा मात्रै च्याउ खेती हुने गरेको थियो । अहिले भने यसको खेती मुलुकभर विस्तार भएको छ ।  पछिल्लो १० वर्षमा नेपालमा च्याउ उत्पादन उच्च दरमा बढेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयकाे तथ्यांक अनुसार १० वर्षमा च्याउ उत्पादन ७६६ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार सन् २०१२/१३ मा १ हजार ६५० मेट्रिक टन ताजा च्याउ उत्पादन भएको थियो । उक्त संख्या सन् २०२१/२२ मा आइपुग्दा १४ हजार ३०० मेट्रिक टन पुगेको छ । त्यसैगरी, च्याउको बीउ उत्पादन पनि बढेको छ । सन् २०१२/१३ मा २ लाख ८९ हजार ६२४ बोतल च्याउको बीउ उत्पादन भएको थियो । सन् २०२१/२२ मा च्याउको बीउ उत्पादन १३ लाख ४७ हजार ८३२ बोतल भएको छ ।  १० वर्षमा ताजा च्याउ र च्याउको बीउ उत्पादन  च्याउ उत्पादन वर्ष ताजा च्याउ उत्पादन (मेट्रिक टन) च्याउको बीउ उत्पादन (बोतल) 2012/13 1,650 289,624 2013/14 1,900 333,505 2014/15 2,700 425,000 2015/16 9,300 1,488,000 2016/17 10,850 1,545,000 2017/18 10,500 1,540,000 2018/19 11,255 1,588,700 2019/20 12,607 1,599,435 2020/21 13,24 1 1,600,552 2021/22 14,300 1,347,832 स्रोत : कृषि तथा पशुपंक्षी मन्त्रालय । च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्की आधुनिक प्रविधि भित्रिएसँगै नेपालमा च्याउको उत्पादन बढेको बताउँछन् । ‘अहिले हाम्रो उत्पादनले ८० प्रतिशत माग धानेको छ । बाँकी भने भारत लगायतको मुलुकहरूबाट आयात हुने गरेको छ,’ ‘उनले भने ।  कार्कीका अनुसार नेपालमा अहिले ३० देखि ३५ हजार किसानले च्याउ खेती गर्ने गरेका छन् । नेपालमा कन्ये, गोब्रे, राजालगायत प्रजातिका च्याउ उत्पादन हुने गरेको छ । ‘नेपालमा च्याउ खेतीलाई प्रोत्साहन गर्न सरकारले उत्पादनमा आधारित अनुदान दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका साथै सरकारले आधुनिक प्रविधि भित्र्याउन सहयोग गर्नुपर्छ । नेपालमा नै थुप्रै खानयोग्य प्रजातिका च्याउ पाउने भएकाले सरकारले च्याउको अनुसन्धान पनि अघि बढाउनु पर्छ ।’  सरकारले च्याउ खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपाल च्याउमा आत्मनिर्भर भई यहाँबाट निर्यात पनि हुनसक्ने उनको भनाइ छ । ‘त्यसका लागि सरकारले आवश्यक पहल गर्नु पर्छ,’ उनले भने ।

च्याउको बीउ उत्पादनमा गृहिणी

महेन्द्रनगर, १५ पुस । लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ । पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहनुभएको छ । “धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी […]

च्याउको बीउ बेचेर लखपति !

सर्लाही, फागुन १८ गते । सर्लाहीको बागमती नगरपालिका–१०, शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बिक्री गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । तीन वर्षदेखि व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएका उहाँले गत वर्षदेखि बीउ उत्पादन गरेर बेच्न थाल्नुभएको हो । आफूले अहिले दैनिक २५० ग्रामको एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको चौलागाईंले बताउनुभयो । उहाँले उत्पादन गरेको च्याउको बीउ लिन यसअघि हेटौँडा, काठमाडौंजस्ता ठाउँमा धाउनु पथ्र्यो । अहिले भने यहीँ उत्पादन भएपछि यस क्षेत्रका व्यवसायिक रुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । पाँचपटक विदेश गएर फर्किनु भएका चौलागार्इंले करिब ५० लाख रुपियाँमा च्याउको बीउ उत्पादन गर्ने उपकरण किन्नुभएको छ । स्थानीय बजारमा अहिले च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ दुवै बिक्री गर्न बजारको समस्या नभएको उहाँले बताउनुभयो ।

३५ लाखको च्याउको बीउ बिक्री

दाङका एक किसानले वार्षिक ३५ लाख रुपैयाँभन्दा बढीको च्याउको बीउ बिक्री गर्ने गरेका छन् । राप्ती गाउँपालिका–४ मौरीघाटका द्रोण केसीले वार्षिक ३५ लाख रुपैयाँभन्दा बढीको च्याउको बीउ बिक्री गर्ने गरेका हुन् । २०७१ सालदेखि च्याउको बीउ उत्पादन गर्न सुरु गरेका उनले बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्म स्थापना गरी च्याउको बीउ बिक्रीसमेत गर्दै आएका छन् ।