उपकार लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला, यस्तो छ कम्पनीको अवस्था

उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

सम्बन्धित सामग्री

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

२० भदौ, काठमाडौं । खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । […]

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

नेष्डो समृद्धि लघुवित्तको आईपीओ बाँडफाँट

नेष्डो समृद्धि लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार बाँडफाँट भएको छ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँट भएको जनाएको छ । लघुवित्तको आईपीओमा आवेदन गरेका मध्ये ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।सोहीमध्ये तीन जनाले थप एक एक कित्ता गरी ११ कित्ता सेयर पाएका […]

नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक स्क्स्चेन्ज एक्स्चेन्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिश

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेय

तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगा

आज ८ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज आइतबार सेयर बजारमा आठ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)काअनुसार आज चार वटा कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट ब्रेक लागेको हो। जसमा, कर्पोरेट डेभलपमेन्ट विकास बैंक, अपि पावर, युनिभर्सल पावर, जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। अन्य चार कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ।

मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने

मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) साउन २७ देखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्फिनीटी लघुवित्तको विशेष सभा आज हुँदै

काठमाडौं, २१ असार । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको आज विशेष साधारण हुने भएको छ । कम्पनीको सभा केन्द्रिय कार्यालय गैडाकोटमा बस्दैछ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारी गर्ने जनाइएको छ । साथै सभाले नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बरावर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर दिने गरी शेयर मूल्य […]

दुई कम्पनीको शेयर आजबाट लिलामीमा विक्रि खुल्ला

काठमाडौं, १४ बैशाख । दुई कम्पनीको संस्थापक शेयर आजदेखि विक्रि खुल्ला हुने भएको छ । आजदेखि बैंक अफ काठमाडुको स्वामित्तमा रहेका आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला हुने भएका हुन् । बैंकले छिमेक लघुवित्तको २ लाख कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता शेयर विक्रि […]